close

आज नेपाल प्रहरीको अनलाइन सेवा बन्द रहने

टेकपाना टेकपाना

फागुन १३, २०७८ १३:५१

आज नेपाल प्रहरीको अनलाइन सेवा बन्द रहने

काठमाडौं । शुक्रबार अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली र अनलाइन ट्राफिक नियम उल्लंघन जरिवाना भुक्तानी प्रणालीको प्रयोगमा अवरोध आउने भएको छ ।

एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले नियमित प्राविधिक मर्मत सम्भारका कारण यी अनलाइन सेवा प्रभावित हुने जनाएको हो ।

प्रहरीका अनुसार दिउँसो ४ बजेदेखि बेलुकी ८ बजेसम्मका लागि अनलाइन सेवा प्रभावित हुने छ ।

बेलुका ८ बजेपछि भने सेवा यथावत रुपमा सञ्चालनमा आउनेछ । यसबाट पर्नसक्ने असुविधाका लागि नेपाल प्रहरीले क्षमायाचना गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३