काठमाडौं । गुगल सर्चमा उपलब्ध डार्कमोडको ब्राइटनेस बढी भएको अनुभव गर्नुभएको छ भने कम्पनीले त्यसको समाधान ल्याएको छ ।
गुगलले हालै डार्क मोडको रियल भर्सन सार्वजनिक गरेको छ । हुन त कम्पनीले डार्क मोडको रियल भर्सन गत वर्ष नै ल्याएको थियो । तर, प्रयोगकर्ताको हकमा भने हालैमात्र उपलब्ध भएको छ ।
यसअघि गुगलले डार्क मोडमा ‘ग्रे’ ब्याकग्राउन्ड उपलब्ध गराएको थियो । तर, अब भने पूर्णरुपमा ब्ल्याक ब्याकग्राउण्डमा उपलब्ध भएको छ ।
ब्याकग्राउण्डमा ब्ल्याक भएपनि गुगलको लोगो तथा लिंकमा भने कुनै परिवर्तन हुनेछैन । यो डार्क मोड अझै पनि सबै प्रयोगकर्तालाई भने उपलब्ध भएको छैन ।