close

क्यूआर मार्फत नर्भिक अस्पतालका सबै सेवाको जानकारी

टेकपाना टेकपाना

फागुन २४, २०७८ १८:५६

क्यूआर मार्फत नर्भिक अस्पतालका सबै सेवाको जानकारी

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले क्यूआर कोडबाट आवश्यक सेवाको विषयमा जानकारी लिन सकिने सुविधा उपलब्ध गराएको छ ।

अस्पतालमा उपलब्ध सबै सेवाको विषयमा जानकारी लिन चाहनेले अब वेबसाइटमा गएर स्क्रोल गर्नुपर्ने बाध्यता अन्त्य गर्दै क्यूआर कोड स्क्यान गरी सहजै जानकारी लिनसक्ने छन् ।

योसँगै अस्पतालमा गरिएको ल्याब टेस्टको रिपोर्ट पनि क्यूआर कोड स्क्यान गरी डाउनलोड गर्न सकिने छ ।

यस्तै, विशेषज्ञ चिकित्सकहरुको ओपीडी समयको विषयमा आवश्यक जानकारीका लागि ओपीडी टाइमिङको क्यूआर कोड स्क्यान गरेपछि सोझै सम्बन्धित पेजमा पुगिने छ ।

यहीँबाट अनलाइनबाटै डाक्टरको अपोइन्टमेन्ट समेत लिन सकिने सुविधा उपलब्ध छ । नर्भिकमा उपलब्ध विशेषज्ञ चिकित्सकहरूको प्रोफाइल समेत क्यूआर कोड स्क्यान गरी हेर्न सकिने सुविधा समेत उपलब्ध गराइएको छ ।

यसैगरी, नर्भिक अस्पतालमा उपलब्ध विभिन्न स्तरका रुमहरुको विषयमा जान्न चाहनेका लागि समेत क्यूआर कोड उपलब्ध रहेको अस्पतालले जनाएको छ ।

यस्तै, नर्भिकको ओपीडी र आईपिडी सेवामा उपलब्ध विभिन्न हेल्थ प्याकेजहरुको विषयको जानकारीका लागि क्यूआर कोड उपलब्ध गराइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२