close

सीजीको इन्टरनेट १५ दिनसम्म निःशुल्क चलाउन चाहनुहुन्छ ? यसो गर्नुहोस् 

टेकपाना टेकपाना

फागुन २५, २०७८ १७:३९

सीजीको इन्टरनेट १५ दिनसम्म निःशुल्क चलाउन चाहनुहुन्छ ? यसो गर्नुहोस् 

काठमाडौं । नेपाली इन्टरनेट बजारमा सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट प्याकेज ल्याएसँगै चर्चामा रहेको सीजीनेटले १५ दिनसम्म निःशुल्क इन्टरनेट चलाउन सकिने अफर ल्याएको छ । नयाँ प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको ‘पहिले ट्राइ गरौँ अनि सब्सक्राइब गरौँ’ नामक अफरमा प्रयोगकर्ताको उच्च आकर्षण देखिएको कम्पनीको भनाई छ ।

प्रयोगकर्ताको उच्च आकर्षण देखिएपछि अफरको अवधि थप गरिएको हो । इन्टरनेट अनुभव गरेर मात्र जडानको निर्णय लिन सहयोग पुर्‍याउने उद्देश्यले यस्तो अफर ल्याइएको हो ।

‘१५ दिनको ट्रायलको क्रममा हाम्रो इन्टरनेट चित्त बुझ्यो भने त्यस्ता प्रयोगकर्ताले कुनै पनि समय स‍ीजीनेट खरिद गर्न सक्छन् भन्ने अपेक्षा हो,’ कम्पनीका सीईओ सम्पन्न भट्टले भने । ट्रायलका लागि अनुरोध गरेको ७२ घण्टाभित्र कनेक्सन उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

‘ट्रायलको रुपमा हाम्रो इन्टरनेट जडान गर्दा कुनै पनि शुल्क तिर्नु पर्दैन,’ सीईओ भट्टले भने, ‘यदि १५ दिनसम्म चलाएर हाम्रो सेवा राम्रो लागेन अथवा तत्काल खरिद गर्न चाहनुहुन्न भने त्यो पनि पाउनु हुन्छ ।’

यसरी ‘फ्रि ट्रायल’को रुपमा इन्टरनेट जडान गर्न चाहने प्रयोगकर्ताले डुअल ब्यान्ड वा सिङ्गल ब्यान्ड राउटर रोजेर लिन पाउने र स्पिडमा समेत १२० एमबीपीएस र ५० एमबीपीएस मध्ये रोज्न पाउने कम्पनीले जनाएको छ । सीजीनेटको इन्टरनेट निःशुल्क प्रयोग गर्नका लागि यहाँ क्लिक गरेर आफ्नो विवरण भर्नुपर्ने हुन्छ ।

साथै एनसेल प्रयोगकर्ताले यहाँ थिचेर तथा नेपाल टेलिकम प्रयोगकर्ताले यहाँ थिचेर फोन मार्फत समेत इन्टरनेटको फ्रि ट्रायलका लागि अनुरोध गर्न सक्नेछन् । 

सीजीनेटको इन्टरनेट सेवा हाल काठमाडौंसँगै ललितपुर र भक्तपुरका निश्चित भागमा उपलब्ध छ । (सीजीनेटको इन्टरनेट कहाँकहाँ विस्तार भएको छ थाहा पाउन यहाँ क्लिक गर्नुहोस्)

कम्पनीले निकट भविष्यमा आईपीटिभी ल्याउने र इन्टरनेट सेवा उपत्यका बाहिरका जिल्लामा समेत विस्तार गर्ने योजना बनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२