स्मार्टफोनमा अटोकरेक्ट एक्टिभ गरेर दुबै हातका बुढी औंलाले टाइप गर्नेहरुले छिटो टाइप गर्नसक्ने एउटा अनुसन्धानले देखाएको छ । ३७ हजार मानिसहरुमाथि मोबाइल डिभाइसमा कसरी टाइप गर्छन् भन्ने विषयमा गरिएको शोध अध्ययनमा यस्तो तथ्य पाइएको हो ।
फिनल्याण्ड, स्विटजरल्याण्ड र बेलायतका अनुसन्धानकर्ताहरुले संयुक्तरुपमा गरेको अनुसन्धानमा हभागीहरुको टाइपिङलाई विभिन्न चारओटा तरिका अटोकरेक्ट, वर्ड प्रिडिक्सन, जेस्चर किबोर्ड र प्लेन टाइपिङमा वर्गिकरण गरिएको थियो ।
त्यसबाट अटोकरेक्ट प्रयोग गर्ने सहभागीहरुले छिटो टाइप गर्न सकेको परिणाम निस्केको थियो । पहिलो हुने तरिकाबाट सहभागीहरुले प्रतिमिनेट ४६ ओटा शब्द लेखेका थिए भने अन्यको तरिकाबाट टाइप गर्नेहरु निकै पछि देखिएका थिए ।
अटो करेक्सनको प्रयोग
आईओएस वा आईप्याड अपरेटिङ भर्सनका डिभाइसमा अटोकरेक्सनलाई इनेबल गर्न सबैभन्दा पहिले सेटिङमा जानुहोस् । त्यहाँबाट जेनेरल हुँदै किबोर्डमा जानुहोस् । त्यहाँबाट अटोकरेक्सन स्लाइडरलाई दायाँ तिर सार्नुहोस् र एक्टिभेट गर्नुहोस् ।
एन्ड्रोइडमा भने यो विधि सिस्टम डिभाइस अनुसार फरक छ । एउटा उदाहरणका लागि पिक्सेल स्मार्टफोनमा अटो करेक्सन एक्टिभेट गर्न सेटिङमा जानुहोस् ।
त्यहाँबाट सिस्टममा गएर त्यसभित्र ल्याङग्वेज एण्ड इन्पुटमा ट्याप गर्नुहोस् । त्यहाँबाट भर्चुअल किबोर्ड मार्फत जीबोर्डमा गएर टेक्स्ट करेक्सनमा गएर अटो करेक्सन स्लाइडरलाई दायाँतिर सार्नुहास् ।
अटोकरेक्सनले धेरै किसिमका कमजोरीलाई मिलाउँछ । पहिले जीमेलमा मात्रै रहेको गुगलको स्मार्ट कम्पोज हाल गुगल डक्समा पनि उपलब्ध हुन थालेको छ । यसले शब्दको मात्रै नभएर पुरै वाक्यको अन्दाज गर्छ । प्राविधिक तथा मौलिक शब्दहरु प्रयोग गर्न अटोकरेक्सनलाई अफ गरेर एक्सटर्नल किबोर्ड प्रयोग गर्नकिन्छ ।
कम्पनी, ब्राण्ड, उत्पादनको नाम वा कुनै पनि प्राविधिक शब्दहरु प्रयोग गर्दा अटोकरेक्सन सिस्टममा झन्झट हुन्छ ।
स्पीच रिकग्निसन
स्पीच रिकग्निसन छोटो म्यासेजका लागि टाइपिङभन्दा २.९ गुणासम्म छिटो हुन्छ । यसमा प्रतिमिनेट १५० शब्दहरु टाइप गर्न सकिन्छ । स्मार्टफोनमा भ्वाइस टाइपिङ प्रयोग गर्नलाई आफ्नो आईओएस वा एन्ड्रोइड स्क्रिनमा देखिएको माइक्रोफोन आइकनलाई ट्याप गर्नुहोस् ।