close

टिकटकमा आएको कमेन्ट मन परेन ? डिसलाइक गरिदिनुहोस्

टेकपाना टेकपाना

असोज १०, २०७९ २२:४०

टिकटकमा आएको कमेन्ट मन परेन ? डिसलाइक गरिदिनुहोस्

काठमाडौं । अब टिकटकमा आफूलाई मन नपरेको कमेन्टलाई डिसलाइक गर्न मिल्ने भएको छ । टिकटकले सबै  प्रयोगकर्ताका लागि कमेन्टमा डिस्लाइक बटन थप गर्दैछ ।

एक ट्वीट गर्दै कम्पनीले नयाँ फिचरबारे जानकारी दिएको हो । कम्पनीले हाल कमेन्टलाई डिसलाइक गर्न मिल्ने फिचर परीक्षण गरिरहेको बताएको छ । याे फिचर केही नेपाली प्रयाेगकर्ताका लागि उपलब्ध भएकाे पाइएकाे छ ।

कम्पनीका अनुसार यो डिसलाइक बटन सार्वजनिक भने हुनेछैन । कमेन्ट गर्ने व्यक्तिले पनि आफ्नो कमेन्ट डिसलाइक गरेको थाहा पाउने छैन भने अरुले पनि कमेन्टमा डिसलाइक गरेको थाहा पाउने छैनन् ।

यो डिसलाइक प्रतिक्रियाको रुपमा सिधै कम्पनीलाई मात्र जानेछ । धेरै कमेन्टहरू नराम्रा र असान्दर्भिक हुने भएको हुँदा यस्ता कमेन्टहरूलाई नियन्त्रण गर्न यो फिचर ल्याउन लागिएको कम्पनीले उल्लेख गरेको छ ।

यसले राम्रा र उचित कमेन्टहरू मात्र गर्न प्रोत्साहन हुने कम्पनीको विश्वास छ ।

कमेन्टमार्फत उल्लघंन भएको कम्पनीको नियमको बारेमा पहिले प्रतिक्रिया दिन लामो प्रक्रियामार्फत रिपोर्ट गर्नुपर्ने व्यवस्था थियो । तर अब भने डिसलाइकमार्फत प्रयोगकर्ताले सहज रुपमा प्रतिक्रिया दिनसक्ने कम्पनीले जनाएको छ ।

यसअगाडि युट्युब, रेडिइटलगायतका प्लेटफर्ममा पनि डिसलाइक बटन उपलब्ध गराइएको छ ।

पछिल्लो अध्यावधिक: असोज १०, २०७९ २२:४०