close

दराजको नयाँ सदस्यता अफर, जेम्स संकलन गरी छुट पाउन सकिने

टेकपाना टेकपाना

असोज ३०, २०७९ १२:२७

दराजको नयाँ सदस्यता अफर, जेम्स संकलन गरी छुट पाउन सकिने

काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म दराजले आफ्नो नयाँ सदस्यता अभियान 'दराज क्लब' सुरु गरेको छ । यस क्लबमार्फत दराज एप प्रयोग गरि ग्राहकले विशेष लाभ लिनसक्ने जनाइएको छ । साथै दराज एपबाट हुने प्रत्येक खरीद पश्चात ‘जेम्स’ प्राप्त हुने कम्पनीले जनाएको छ ।

दराज क्लबको सदस्य बनेर ग्राहकले जेम्स रिडिम्शन, भौचरका साथै अन्य पुरस्कार समेत प्राप्त गर्न सक्नेछन् । जसमार्फत ग्राहकले आफ्ना अर्डरमा अतिरिक्त छुटका साथै थप बचत गर्न सक्ने कम्पनीको दावी छ । दराज क्लब आईओएस र एन्ड्रोइड दुबै प्लेटफर्ममा उपलब्ध छ । नयाँ सुविधा प्राप्त गर्नको लागी ग्राहकहरूलाई आफ्नो दराज एप अपडेट गर्न कम्पनीले अनुरोध गरेको छ ।

क्लबमा सामेल हुनको लागि ग्राहकले आउँदो डिसेम्बर ३१ सम्म कम्तिमा २५०० जेम्सहरु संकलन गर्नुपर्नेछ । उक्त जेम्स दराजमा किनमेल गर्दा प्राप्त गर्न सकिन्छ ।

डिसेम्बर ३१ पछि, क्लबमा सामेल हुन आवश्यक पर्ने जेम्सहरुको न्यूनतम संख्या ३५०० मा बढाइने कम्पनीले जनाएको छ । दराज क्लबका सदस्यहरूले मात्र चेकआउटको समयमा छुटका लागि यो जेम्स प्रयोग गर्न सक्नेछ ।

 

पछिल्लो अध्यावधिक: असोज ३०, २०७९ १३:१