close

अनलाइनबाट एभरेष्ट बैंकको खाता खोल्दा २८० रुपैयाँ जम्मा हुने, निःशुल्क मोबाइल बैंकिङ सेवा

टेकपाना टेकपाना

असोज ३१, २०७९ १३:१

अनलाइनबाट एभरेष्ट बैंकको खाता खोल्दा २८० रुपैयाँ जम्मा हुने, निःशुल्क मोबाइल बैंकिङ सेवा

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २८औँ वार्षिकोत्सवका अवसरमा नयाँ सुविधा ल्याएको छ । यसअन्तर्गत भोलि अर्थात् कार्तिक १ गते अनलाइनबाट बैंक खाता खोल्दा नयाँ ग्राहकले उक्त बैंक अकाउन्टमा २८० रुपैयाँ जम्मा हुनेछ ।

त्यस्तै अनलाइनबाट बैंक खाता खोल्ने नयाँ ग्राहकलाई एक वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ सेवा उपलब्ध गराइने एभरेष्ट बैंकले जनाएको छ ।

यहाँ क्लिक गरेर एभरेष्ट बैंकको अनलाइन खाता खोल्न सकिन्छ । अप्लाई गरेकै समयमा खाता सुचारू भएपछि बैंकको तर्फबाट २८० रूपैयाँ खातामा डिपोजिट हुने जनाइएको छ ।

बैंकको साइटमा गएर आफूलाई उपयुक्त हुने मुद्दति वा बचत जुन खाता खाेलेपनि माथि उल्लेखित सुविधा पाउन सकिनेछ ।

याद गर्नुहोस् बैंक खाता खोलेपछि आफूलाई पायक पर्ने समयमा भौतिक रूपमा बैंकमा गई आईडी भेरिफाई गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज ३१, २०७९ १३:५८