close

ग्राफिक्स डिजाइन बनाउनुहुन्छ ? यी प्लेटफर्मबाट बिक्री गर्न सकिन्छ

टेकपाना टेकपाना

कात्तिक १, २०७९ ९:४३

ग्राफिक्स डिजाइन बनाउनुहुन्छ ? यी प्लेटफर्मबाट बिक्री गर्न सकिन्छ

काठमाडौं । ग्राफिक्स डिजाइनिङ राम्रो सम्भावना भएको क्षेत्र हो । विशेषगरी विभिन्न सफ्टवेयरबाट तयार पारिएका चित्र तथा डिजाइनको माग भौतिक तथा भर्चुअल बजार उच्च छ ।

ग्राफिक्स डिजाइनिङ सम्बन्धी सीप हुने व्यक्तिले विभिन्न प्लेटफर्मबाट राम्रो आम्दानी गर्न सक्छन् । आज हामी त्यस्तै विभिन्न प्लेटफर्मका बारेमा चर्चा गर्दैछौँ । ग्राफिक्स डिजाइनिङ सम्बन्धी ज्ञान भएपनि राम्रो प्लेटफर्म फेला नपर्दा तपाईँले यो पेशाबाट टाढा जान खोज्नुभएको हुनसक्छ ।

पछिल्लो समय इन्टरनेटमा ग्राफिक्स डिजाइनिङका काम बिक्री गर्ने प्लेटफर्म धेरै भएकाले तपाईँले यस्ता प्लेटफर्ममार्फत राम्रो आम्दानी गर्न सक्नुहुन्छ । तल उल्लेख गरिएका प्लेटफर्म प्रयोग गरेर तपाईँले आफ्नो कला अनुरूपको आम्दानी गर्न सक्नुहुन्छ ।

रेडबबल

रेडबबल एउटा त्यस्तो मार्केटप्लेस हो, जहाँ तपाईँले आफ्नो डिजाइन वा ग्राफिक्स अपलोड गर्न सक्नुहुन्छ । यस प्लेटफर्ममार्फत तपाईँको डिजाइन समेटिएका विभिन्न उत्पादन बिक्री गर्न सकिन्छ । तपाईँले अन्य कुनै कुराको चिन्ता लिनुपर्दैन । तपाईँले अपलोड गरेका डिजाइन समेटिएका उत्पादन कति बिक्री भए त्यसको आधारमा तपाईँले भुक्तानी पाउनुहुन्छ ।

यस प्लेटफर्मले तपाईँको डिजाइन समेटिएका विभिन्न उत्पादन बिक्रीमा राख्ने गर्छ । विशेषगरी डिजाइन प्रिन्ट गरेर बिक्री गर्न मिल्ने उत्पादन (लुगा, फोन कभर, भाँडा आदि) उक्त प्लेटफर्ममा बिक्रीमा राखिएको हुन्छ । तपाईँले उक्त प्लेटफर्ममा डिजाइन राखे वाफत कुनै शुल्क तिर्नुपर्दैन ।

तपाईँका डिजाइनको माग अनुसार उक्त प्लेटफर्ममले तपाईँलाई रकम उपलब्ध गराउँछ ।

स्टक वेबसाइटमा बिक्री

ग्राफिक्स डिजाइन बिक्री गरेर आम्दानी गर्न सकिने अर्को उपयुक्त प्लेटफर्म हो, स्टक वेबसाइटहरू । यस्ता प्लेटफर्मबाट तपाईँले आफ्ना डिजाइनहरू अन्य डिजाइनरलाई बिक्री गर्न सक्नुहुन्छ ।

तपाईँले स्टक डिजाइनहरू एडाेबी स्टकमा बिक्री गर्न सक्नुहुन्छ । जहाँ तपाईँले कूल बिक्रीको ३३ प्रतिशत रोयल्टी पाउन सक्नुहुन्छ । त्यस्तै गेट्टी इमेजमार्फत १५ देखि ४५ प्रतिशत रोयल्टी पाउन सकिन्छ । त्यस्तै शट्टरस्टक  वेबसाइटमार्फत डिजाइन, एसिस्ट वा भेक्टर इमेज बिक्री गर्न सकिन्छ ।

आफ्नै वेबसाइटबाट बिक्री गर्नुहोस्

तपाईँले आफ्नै वेबसाइटबाट पनि आफ्ना ग्राफिक्स डिजाइनहरू बिक्री गर्न सक्नुहुन्छ । विशेषगरी वेबसाइटबाट सोझै डिजाइनहरू बिक्रीका लागि पनि राख्न सकिन्छ भने निःशुल्क उपलब्ध गराएर विज्ञापन मार्फत आम्दानी गर्न सकिन्छ ।

कुनै पनि चाडपर्वका लागि आवश्यक शुभकामना पोस्टर, चुनाव प्रचार सामग्रीका डिजाइन आदि उपलब्ध गराउन सक्नुहुन्छ । वेबसाइटलाई मोनिटाइज गरेर आम्दानी गर्न सक्नुहुन्छ ।

विभिन्न किसिमका डिजाइनको माग बढी हुनाले तपाईँको वेबसाइटमा राम्रो सङ्ख्यामा भिजिटर ल्याउन सकिन्छ । जसका माध्यमबाट आफैंले पनि राम्रो आम्दानी गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १, २०७९ ९:४३