काठमाडौं । साओमीले तिहारको अवसरमा नयाँ अफर ‘१२ दिन १२ टिभी’ ल्याएको छ ।
यसअन्तर्गत ग्राहकले कुनै पनि साओमी, रेड्मी, वा पोको फोनको खरिदमा ३२ इन्चको साओमी स्मार्ट टिभी (Mi TV 4A Pro) जित्ने मौका पाउने बताइएको छ ।
कम्पनीका अनुसार प्रत्येक दिन एक जना ग्राहकले लक्की ड्र मार्फत टिभी जित्न सक्नेछन् । लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकहरूले दिइएको क्यूआर कोड स्क्यान वा ३१००७ मा आईएमईआई नम्बर पठाउनु पर्नेछ ।
यो अफर कार्तिक २ देखि कार्तिक १३ गते सम्म मान्य हुनेछ ।