काठमाडौं । ई-कमर्श प्लेटफर्म ग्यापुले ‘टिकटक हिरोज सिजन २’ को फाराम खुलाएको छ । यो प्रतियोगितामा सहभागी हुन टिकटक प्रयोगकर्ताले कत्तिक ४ देखि १८ गतेसम्म ग्यापुको एपमा गई निःशुल्क आवेदन दिन सक्नेछन् ।
प्रतियोगितामा सहभागी हुनका लागि टिकटक प्रयोगकर्ताले भिडिओ बनाएर आफ्नो टिकटक अकाउन्टमा पोस्ट गर्नुपर्ने हुन्छ ।
सहभागीले कुनै पनि प्रकारको भिडिओ बनाउनसक्ने बताइएकाे छ । प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख, दोस्रोलाई एक लाख र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।