close

अब स्न्यापच्याटमा आफ्नो स्टोरीको समय तोक्न मिल्ने

टेकपाना टेकपाना

कात्तिक ४, २०७९ १६:३१

अब स्न्यापच्याटमा आफ्नो स्टोरीको समय तोक्न मिल्ने

काठमाडौं । स्न्यापच्याटमा अब आफ्नो स्टोरीको समय तोक्न मिल्ने भएको छ । यसअघि स्न्यापच्याटमा राखेको स्टोरी २४ घण्टासम्म रहन्थ्यो । तर अब भने प्रयोगकर्ता आफैंले आफ्नो स्न्यापच्याट स्टोरीको समय तोकेर राख्न सक्नेछन् ।

यद्यपि यो फिचर प्लेटफर्मको सशुल्क प्रयोगकर्ताका लागि मात्र सार्वजनिक गरिएको हो । स्न्यापच्याट प्लस सब्सक्राइब गरेका प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउनेछन् ।

योसँगै प्रिमियम प्रयोगकर्ताका लागि स्न्यापच्याटले अन्य फिचरहरू पनि सार्वजनिक गरेको छ । जसमध्ये एक हो, नोटिफिकेसन साउन्ड ।

अब प्रिमियम प्रयोगकर्ताले स्न्यापच्याटको नोटिफिकेसनका लागि फरक-फरक आवाजहरू प्रयोग गर्न सक्नेछन् । साथै स्न्यापच्याटले एक्सक्लुसिभ, सिजनल र स्पुकि बिटमोजीका ब्याकग्राउन्डहरू सार्वजनिक गरेको छ ।

कम्पनीले स्न्यापच्याटको सशुल्क भर्सन स्न्यापच्याट प्लस सार्वजनिक गरेको लामो समय भएको छैन । यद्यपि यो लोकप्रिय भने बन्दै गएको छ । ​स्न्यापच्याट प्लस प्रयोग गर्नको लागि प्रयोगकर्ताले मासिक ४ डलर तिर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ४, २०७९ १६:३१