close

वाई-फाई अफ गर्ने बानी छ ? ख्याल गर्नुहोस् बढी खर्च हुन सक्छ

टेकपाना टेकपाना

कात्तिक ६, २०७९ ११:६

वाई-फाई अफ गर्ने बानी छ ? ख्याल गर्नुहोस् बढी खर्च हुन सक्छ

काठमाडौं । वाई-फाई र राउटरजस्ता शब्दसँग परिचित नभएको मानिस विरलै भेटिन्छन् । दैनिक रूपमा इन्टरनेटमा सक्रिय भइरहन हामीलाई इन्टरनेट कनेक्सन आवश्यक पर्ने गर्छ । इन्टरनेट प्रयोग गर्नका लागि हामी प्रायः वाई-फाईमा निर्भर हुने गर्छौं ।

घरमा वाई-फाई प्रयोग गरिरहँदा आवश्यक नपरेको खण्डमा हामी राउटर अफ गरेर राख्ने गर्छौं । सामान्य रूपले हेर्दा राउटर अन राख्दा त्यसले विद्युत खपत गर्छ । काम नपरेको अवस्थामा विद्युत खपत कम गर्नका लागि हामी राउटर अफ गरेर राख्ने गर्छौं ।

राउटर अफ गर्दा हाम्रो जति रकम बच्छ, त्यसभन्दा बढी राउटर मर्मत गर्न खर्च लाग्छ । आज हामी राउटर बन्द गर्दा के कस्ता समस्या आउन सक्छन् भन्ने विषयमा चर्चा गर्दैछौँ । विशेषगरी राउटरले विभिन्न डिभाइसलाई वाई-फाई कनेक्सन उपलब्ध गराउँछ । जसलाई अफ गर्दा विभिन्न डिभाइसहरू जस्तै; सेक्युरिटी क्यामेरा वा अन्य स्मार्ट डिभाइसको काम यसबाट प्रभावित हुन सक्छ ।

राउटर अफ गर्दा वाई-फाई कनेक्सनबाट चल्ने सेक्युरिटी क्यामेराले फुटेज ट्रान्सफर गर्न सक्दैन, जसले गर्दा सेक्युरिटी क्यामेरा राख्नु वा नराख्नुको कुनै अर्थ नै हुँदैन । त्यस्तै घरमा त्यस्ता कति स्मार्ट डिभाइस हुने गर्छन्, जसलाई सञ्चालन हुन वाई-फाई कनेक्सन आवश्यक पर्ने गर्छ ।

आईटी विशेषज्ञ जचार्य हार्परका अनुसार राउटर अफ गर्दा यसले बढी क्षति पुर्‍याउँछ, जसले गर्दा इन्टरनेट कनेक्सन झनै कमजोर हुन्छ । यसो हुनुको कारण हो, राउटरमा शर्ट साइक्लिङ हुनु । जहाँ विद्युतीय कनेक्सन नहुँदा राउटरले यसमा भएका क्यापासिटर र पावर सप्लाइजको क्षमता घटाउँदै लग्छ । त्यसपछि राउटरमा समस्या आउँछ ।

यसलाई परिवर्तन गरेर नयाँ राउटर प्रयोग गर्दा खर्च बढ्ने गर्छ । हार्परका अनुसार राउटर अफ राख्दा त्यसले राउटरको मोडेममा असर गर्छ, जसले गर्दा इन्टरनेट कनेक्सन स्लो हुन जान्छ ।

राउटर अफ गर्दा मोडेमले इन्टरनेट सेवा प्रदायकसँगको सिंक गुमाउँछ । यसकारण इन्टरनेटको गति स्लो हुन जान्छ ।

विशेषगरी राटरलाई चौबीसैं घण्टा अन राख्नेगरी निर्माण गरिएको हुन्छ । त्यसले न्यून विद्युत खपत गर्ने भएकाले विद्युतको बिललाई चिन्ताको विषय बनाउन नहुने विश्लेषकको सुझाव छ । तपाईंले अफ गर्नेभन्दा पनि राउटरलाई समय समयमा राउटर पछाडिको बटन थिचेर रिस्टार्ट गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ६, २०७९ ११:६