close

नबिलको स्मार्ट मोबाइल बैंकिङ मार्फत टपअप गर्दा २० प्रतिशत क्याशब्याक

टेकपाना टेकपाना

कात्तिक ६, २०७९ १२:४७

नबिलको स्मार्ट मोबाइल बैंकिङ मार्फत टपअप गर्दा २० प्रतिशत क्याशब्याक

काठमाडौं । तिहारको अवसरमा नबिल बैंकले आफ्ना ग्राहकको लागि 'नबिलको उपहार यसपाली डिजिटल तिहार' अफर ल्याएको छ । नबिल बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने प्रयोगकर्ताहरूको लागि बैंकले यो अफर ल्याएको हो । अफर अन्तर्गत मोबाइल बैंकिङ मार्फत टपअप गर्दा प्रयोगकर्ताले २० प्रतिशत अथवा १०० रुपैयाँसम्मको क्याशब्याक प्राप्त गर्न सक्नेछन् । 

यसको लागि प्रयोगकर्ताले आफ्नो वा अरु कसैको मोबाइलमा नबिल बैंकको मोबाइल बैंकिङ सेवाबाट टपअप गर्नुपर्ने हुन्छ । आजबाट सुरु भएको यो अफर कार्तिक १० गतेसम्म चल्नेछ । क्याशब्याकमा आएको रकम तिहार सकिएपछि मात्र उपलब्ध गराइने कम्पनीले जनाएको छ ।  

 

पछिल्लो अध्यावधिक: कात्तिक ६, २०७९ १२:४७