close

कोर्नका नयाँ स्मार्टवाच तथा इयरबड्स नेपाली बजारमा

टेकपाना टेकपाना

कात्तिक ६, २०७९ १३:१९

कोर्नका नयाँ स्मार्टवाच तथा इयरबड्स नेपाली बजारमा

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी कोर्नले नेपाली बजारमा दुई नयाँ स्मार्टवाच तथा इयरबड्स भित्र्याएको छ । कोर्नको लागि नेपाली आधिकारिक बिक्रेता केमियो इन्टरनेशन प्रालिले एकै साथै दुई मोडलका स्मार्टवाच तथा एउटा नयाँ मोडलको इयरबड्स सार्वजनिक गरेको हो ।

नेपाली बजारमा कोर्नका एक्सेसरीज विगत दुई वर्ष देखी उपलब्ध हुँदै आएको छ । यस्तोमा नेपाली ग्राहकलाई लक्षित गर्दै कम्पनीले थप नयाँ उत्पादन भित्र्याएको हो । कम्पनीले कोर्न डब्लुबी०४ र कोर्न डब्लुबी०३ गरी दुई मोडलमा स्मार्टवाच भित्र्याएको छ ।

१.३ इन्च को टिएफटी मल्टिटच स्क्रिन युक्त कोर्नका यि दुवै स्मार्टवाच आईपी ६८ वाटरप्रुफ सर्टिफाईड रहेका छन् भने कोर्नले तीस दिन सम्मको उत्कृष्ट ब्याट्री ब्याकअप दिने बताएको छ । हालै सार्वजनिक गरिएका यी दुवै स्मार्टवाचमा कम्पनीले एक वर्षको वारेन्टी प्रदान गर्ने जनाइएको छ ।

यी प्रोडक्टमा काठमाडौं उपत्यका भित्रका ग्राहकलाई तिन दिनको सर्भिस ग्यारेन्टी गरिएको छ । सर्भिस सेन्टरमा रिसिभ गरेको तिन दिनमा स्मार्टवाचमा देखिएको समस्या समाधान नभएको खण्डमा रिप्लेसमेन्ट दिन नीति लिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यी दुवै स्मार्टवाचको बिक्री मूल्य ६ हजार ९९९ रुपैयाँ तोकिएको छ । कोर्नले यि दुवै मोडल अनलाइन र रिटेल नेटवर्क दुवैमा उपलब्ध गराएको छ ।

यसका साथै कम्पनीले इन्ट्री लेभलको इयरबड्स समेत बजारमा ल्याएको हो । दुई हजार ९९९ रुपैयाँ तोकिएको यो इयरबड्स सेग्मेन्टकै उत्कृष्ट उत्पादन भएको दावी कम्पनीको छ । कोर्न ईबी०३०एफ मोडलको यो इयरबड्समा ६ महिनाको वारेन्टी उपलब्ध हुने जनाइएको छ । चार घण्टाको प्लेब्याक ब्याकअप ब्याट्री रहेको यो इअरबड्ले सस्तो मूल्यका उत्पादन खोजी गर्ने नेपाली उपभोक्ताको आवश्यकता परिपूर्ति गर्ने विश्वास कम्पनीको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ६, २०७९ १३:१९