close

१० मिनेटमा नङमा पालिस लगाइदिने रोबोट

टेकपाना टेकपाना

कात्तिक १०, २०७९ २२:२८

१० मिनेटमा नङमा पालिस लगाइदिने रोबोट

काठमाडौं । कास मानिसले जस्तै रोबोटले पनि नङ पालिस गर्दा कस्तो होला ? यदि गर्ने रहेछ भने पनि कसरी गर्छ होला त ? यो जिज्ञासा तपाईँ हामी सबैको मनमा आएको हुनसक्छ ।

क्लकवर्क नामक कम्पनीले एउटा त्यस्तो रोबोट तयार पारेको छ, जसले मानिसको नङमा पालिस लगाइदिने गर्छ । यस मसिनले कसरी नङ पालिस गर्छ होला त भन्ने जिज्ञासा धेरैलाई लाग्न सक्छ, जुन स्वाभाविक पनि हो । कम्पनीका अनुसार यो रोबोटले औँलाको नङको थ्रीडी स्क्यान गर्छ ।

स्क्यान गरिसकेपछि व्यक्तिले बोलेको भरमा नङ पालिस लगाउन सुरु गर्छ । यो रोबोट विशेषगरी सफा र चिटिक्ट परेका तथा पहिले नङ पालिस नलगाएका नङमा पालिस लगाउन तयार पारिएको कम्पनीको भनाइ छ ।

अहिले अमेरिकाका छ ओटा स्टोरमा उपलब्ध यो मसिनलाई कम्पनीले विश्वभर विस्तार गर्ने योजना बनाएको छ । यी मोडेलभन्दा पछि आउने मोडेलहरू मानव सहायताविना नै काम गर्नसक्ने कम्पनीको दावी छ । नयाँ मसिनले नङ पालिस लगाउन, पहिले नङमा भएको नङ पालिस हटाउन सक्ने बनाउन लागेको कम्पनीले बताएको छ ।

नङ पालिस लगाउन लाग्ने ४५ मिनेटभन्दा बढीको समयलाई १० मिनेटमै सक्ने विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । यस रोबोटबाट नङ पालिस गर्न १० डलर (करिब १ हजार ३०० रुपैयाँ) लाग्छ ।

यो रोबोट एउटा त्यस्तो प्रिन्टर डिभाइस हो, जसका माध्यमबाट २५ रङ्गका नङ पालिस लगाउन सकिन्छ । स्क्रिनबाट औँला राख्ने निर्देशन आएपछि त्यहाँ रहेको एउटा भागमा औँला राख्नुपर्ने हुन्छ ।

त्यसपछि तपाईँले 'रेडी' भनेपछि स्वतः औँला स्क्यान भएर नङ पालिस लाग्छ । यसको रोबोटबाट प्रत्यक्ष रूपमा नङ पालिस लगाउने पत्रकारले यसलाई सकारात्मक रूपमा लिएका छन् । आफूले घरमा जसरी नङ पालिस लगाइछ, त्योभन्दा सटिक तरिकाले यो रोबोटले लगाउने बताइएकाे छ ।  

 

पछिल्लो अध्यावधिक: कात्तिक १०, २०७९ २२:२९