close

भारतीय ब्रान्ड बोटका सस्ता स्मार्टवाच र नेकब्यान्ड नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

कात्तिक १३, २०७९ १६:१२

भारतीय ब्रान्ड बोटका सस्ता स्मार्टवाच र नेकब्यान्ड नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । भारतीय ब्रान्ड बोटका सुन्न र लगाउन मिल्ने उपकरणहरू नेपाली बजारमा भित्रिने भएका छन् । टेलिटक प्रालिले बोट वेभ प्रो ४७, रोकर्ज ३३० र रोकर्ज २५५ नेपाल ल्याएको हो । 

जसमध्ये वर्गाकार डायल भएको वेभ प्रो ४७ मा १.६९ इन्चकलर एचडी डिस्प्लेसहित पूर्ण क्यापेसिटिभ टच र रेस्पोन्सिभ टच इन्टरफेस रहेको छ । यो डिस्प्लेमा गुणस्तरीय तस्वीर र ५०० निट्सको ब्राइटनेस पाउन सकिन्छ ।

यसको नवीनतम बोट अस्याप चार्जिङ प्रविधिले सात दिनसम्म टिक्ने ब्याट्रीलाई मात्र ३० मिनेटमा शून्यदेखि १०० प्रतिशतसम्म चार्ज गर्ने कम्पनीको दाबी छ । वेभ प्रो ४७ मा भएको आईपी ६७ रेटिङले यसलाई पसिना, पानी र धुलो प्रतिरोधी बनाउँछ ।

नेपाली बजारमा वेभ प्रो ४७ को मूल्य ६,४९९ राखिएको छ । त्यस्तै कम्पनीले बोटको सबैभन्दा पछिल्लो संस्करणको बोट एक्सटेन्ड स्पोर्ट स्मार्टवाच पनि सार्वजनिक गरेको छ ।

फिटनेस वाचका सुविधाहरू समावेश रहेको यो उत्पादन स्पोर्टी र स्टाइलिस समेत छ । यसमा ७०० भन्दा धेरै एक्टिभ मोडहरू रहेका छन् । जसले प्रयोगकर्ताको निद्राको गतिविधिदेखि व्यायाम पश्चातको लागि क्यालोरी ट्र्याक समेत गर्दछ ।

छिटो चार्ज हुने प्रविधिको साथमा तयार पारिएको यो स्मार्टवाचलाई ३० मिनेटमै पूर्ण चार्ज गर्न सकिने बताइएको छ । यो स्मार्टवाच स्पोर्टी १.६९ इन्च एचडी डिस्प्लेको साथमा आउँछ ।

जसमा चहकिलो र तत्काल प्रतिक्रिया दिन सक्ने टच डिस्प्ले रहेको छ । यसमा १०० भन्दा धेरै फेस अप्सन रहेका छन् । एक्सटेन्ड स्पोर्ट नेपालको सबै रिटेल आउटलेटमा छ हजार ४९९ रुपैयाँमै पाउन सकिनेछ । 

यसैगरी कम्पनीले नेकब्यान्ड रोकर्ज ३३० र रोकर्ज २५५ प्रो प्लस पनि नेपाली बजारमा ल्याएको छ । यी उत्पादनहरू नवीनतम प्रविधि र उच्च गुणस्तरीय हुनुका साथै बोट सिग्नेचर साउन्ड र किफायती मूल्यमा उपलब्ध रहेको बताइएको छ ।

बजारमा यसको मूल्य तीन हजार ३९९ रुपैयाँदेखि तीन हजार ४९९ रुपैयाँसम्म रहेको छ ।

टेलिटक प्रालिका कार्यकारी निर्देशक प्रतीक जालानले विगत केही महिनादेखि आफूहरूले उपभोक्ताहरूलाई विभिन्न प्रकारका उत्पादनहरू र विशेष सेवा प्रदान गर्न लागिपरेको बताए ।

“नेपालमा स्मार्टवाचको उच्चमागले हामीलाई बोटका स्मार्टवाच र विभिन्न प्रकारका हियरेबल एक्सेसरिजको नयाँ लाइनअप नेपालमा सार्वजनिक गर्न प्रेरित गरेको छ । हाम्रा ग्राहकले बोटका उत्पादनहरूबाट कम मूल्यमा उत्कृष्ट गुणस्तरको अनुभव गर्न सक्नेछन् ।”

 

पछिल्लो अध्यावधिक: कात्तिक १३, २०७९ १६:१२