close

बाहिरियो 'साओमी १३ प्रो' को विवरण, ५० मेगापिक्सेलका तीन ओटा क्यामेरा हुने

टेकपाना टेकपाना

कात्तिक १४, २०७९ १८:५७

बाहिरियो 'साओमी १३ प्रो' को विवरण, ५० मेगापिक्सेलका तीन ओटा क्यामेरा हुने

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता साओमीको नयाँ स्मार्टफोन ‘साओमी १३ प्रो’ को विवरण बाहिरिएको छ । सम्भवतः आगामी महिना सार्वजनिक हुने याे स्मार्टफोनबारे डेटा इन्जिनियर योगेश ब्ररले केही विवरण ट्वीटरमा लिक गरेका हुन् ।

बाहिरिएको जानकारी अनुसार साओमीकाे याे फ्ल्यागशिप फोनमा ५० मेगापिक्सेलका तीन ओटा क्यामेरा हुनेछन् । कम्पनीले सोनीसँगकाे सहकार्यमा एक कराेड ५० लाख डलर खर्च गरेर अपग्रेडेड क्यामेरा सेन्सर तयार पारेको छ, जसले गर्दा ब्राइट लाइट क्याप्चर गर्ने, तीव्र गतिको फोकस, आकर्षक डाइनामिक रेन्ज क्षमता हुने अपेक्षा गरिएको छ ।

सोनीका अनुसार नयाँ क्यामेरा सेन्सरले आईफोन १३ प्रो म्याक्सको तुलनामा ७६ प्रतिशत बढी लाइट खिच्न सक्छ । साओमी १३ प्रोमा ६.७ इन्चको ई६ २के एटीपीओ डिस्प्ले रहने बताइएकाे छ ।

क्वालकम स्न्यापड्रागन ८ जेन २ प्रोसेसरद्वारा सञ्चालित हुने साओमी १३ प्रो एन्ड्रोइड १२ र मीयूआई १४ मा आधारित हुनेछ । सेल्फी पारखीका लागि नयाँ फ्ल्यागशिप फोनमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश हुनेछ ।

८ जीबी र १२ जीबी र्‍याम भेरियन्टमा उपलब्ध हुने फोनको इन्टर्नल स्टोरेज १२८ जीबी, २५६ जीबी र ५१२ जीबी भेरियन्टमा उपलब्ध हुनेछ ।

त्यस्तै ४८०० एमएएच ब्याट्री क्षमतासहित फाेन सार्वजनिक हुने चर्चा छ, जसका लागि कम्पनीले १२० वाटकाे फास्ट चार्जिङ उपलब्ध गराउने बताइएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १४, २०७९ १८:५७