close

ह्वाट्सएपमा आफूले आफैंलाई मेसेज पठाउने फिचर आउँदै

टेकपाना टेकपाना

कात्तिक १५, २०७९ १५:५६

ह्वाट्सएपमा आफूले आफैंलाई मेसेज पठाउने फिचर आउँदै

काठमाडाैं । ह्याट्सएपमा आफूले आफैंलाई मेसेज पठाउन मिल्ने फिचर आउने भएको छ । डब्लुएबेटाइन्फाेका अनुसार हाल ह्वाट्सएपले याे फिचरकाे परीक्षण गरिरहेकाे छ । हुन त अहिले पनि ह्वाट्सएपमा wa.me प्रयाेग गरेर वा तपाईंमात्र भएकाे ग्रुप बनाएर आफूलाई मेसेज पठाउन सक्नुहुन्छ, जुन तरिका त्यति राम्राे हाेइन ।

केही व्यक्तिले नाेट गर्न, आफूलाई केही चीजहरू सम्झाउन वा महत्त्वपूर्ण डेटा सेभ गर्न याे फिचर प्रयाेग गरिरहेका हुन्छन् । ह्वाट्सएपले ल्याउने यस नयाँ फिचर आफ्नाे विभिन्न डिभाइसहरुमा फाइलहरु पठाउन वा पाउनका लागि पनि सहयाेगी हुने देखिएकाे छ ।

यसअघि ह्याट्सएपले ‘मल्टि डिभाइस सपाेर्ट’ फिचर ल्याएदेखि नै आफ्नाे डिभाइसहरुमा मेसेजकाे रुपमा फाइलहरु पठाएर डाउनलाेड गर्न सकिने भएकाे थियाे । जसका लागि ‘मेसेज याेरसेल्फ’ विकल्पकाे प्रयाेग गर्नुपर्थ्याे ।

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०७९ १५:५६