close

एमालेको घोषणापत्र: अनलाइनबाटै नागरिकता र स्मार्ट लाइसेन्स, अन्तरिक्षमा नेपाली स्याटलाइट

टेकपाना टेकपाना

कात्तिक १५, २०७९ १७:१५

एमालेको घोषणापत्र: अनलाइनबाटै नागरिकता र स्मार्ट लाइसेन्स, अन्तरिक्षमा नेपाली स्याटलाइट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीमा एक कार्यक्रम आयोजना गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीकाे घोषणापत्र सार्वजनिक गरे । ​साे घाेषणापत्रमा सरकारले उपलब्ध गराउने विभिन्न सेवा अनलाइनमा आधारित बनाउने उल्लेख गरिएको छ ।

"नेपालभित्रको जुनसुकै भौगोलिक क्षेत्रमा बसोबास गर्ने नेपालीलाई राज्यले उपलब्ध गराउने नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारीसाधन दर्ता र सवारीचालक अनुमतिपत्र, घरजग्गा लगायतका सम्पत्तिको खरिद बिक्री कर, विद्युत, खानेपानीलगायतका सरकारी शुल्क तथा कर बझाउने र स्वास्थ्य तथा कृषि प्राविधिक लगायतका सेवाहरू अनलाइन प्रणालीबाट उपलब्ध गराइने छ,"  घोषणापत्रमा भनिएकाे छ ।

त्यस्तै एमालेले सूचना प्रविधिलाई आमनागरिकको पहुँचमा पुर्‍याउने प्रतिबद्धता समेत जनाएको छ । "स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, ऊर्जा, सहरी पूर्वाधार र वित्तीय क्षेत्रमा सूचना प्रविधिका माध्यमबाट सेवा प्रवाह गरिनेछ । सामुदायिक अस्पताल र विद्यालयमा इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराइनेछ," घोषणापत्रमा उल्लेख छ ।

यसैगरी एमालेले अन्तरिक्षमा नेपालको आफ्नै स्याटलाइट स्थापना गर्ने घोषणा गरेको छ । लामो समयदेखि अलपत्र परेको नेपालको अर्बिटल स्लटलाई नेपालकै स्वामित्वमा आफ्नै नेतृत्वको सरकारले ल्याएको पार्टीकाे दाबी छ ।

एमालेले सार्वजनिक गरेको घोषणापत्र पढ्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०७९ १७:२९