close

फोटोको ब्याकग्राउन्ड ब्लर गर्नुपर्‍यो ? यस्तो छ सजिलो तरिका

टेकपाना टेकपाना

कात्तिक १६, २०७९ १५:३२

फोटोको ब्याकग्राउन्ड ब्लर गर्नुपर्‍यो ? यस्तो छ सजिलो तरिका

काठमाडौं । हामीले खिचेका फोटोलाई आकर्षक बनाउने तत्व धेरै छन् । फोटो राम्रो खिच्नलाई डिभाइसले भन्दा पनि खिच्ने टेक्निकले ठूलो भूमिका खेलेको हुन्छ । यहीमध्ये एक हाे, ब्याकग्राउन्ड ब्लर गर्ने तरिका ।

फोटोमा हुने ब्लर ब्याकग्राउन्डले पनि फोटोलाई आकर्षक बनाउनुका साथै फोटो स्तरीय देखाउन मद्दत गर्छ । अहिले बजारमा उपलब्ध प्राय फोनमा दुई वा त्यसभन्दा बढी क्यामेरा सेन्सर समावेश गरिएको हुन्छ । त्यसमध्ये एउटा सेन्सरले फोकसको काम गरेको हुन्छ, जसले गर्दा हामीले कुनै पाेट्रेट फोटोको ब्याकग्राउन्ड ब्लर भएको देख्छौँ ।

ब्याकग्राउन्ड (पछाडिको सिन) ले फोटोको सुन्दरतालाई बढावा दिएको हुन्छ । कतिपय त्यस्तो अवस्था आउँछ, जहाँ हामीलाई फोटोको ब्याकग्राउन्ड धमिलो बनाउनुपर्ने हुन्छ । विशेषगरी फोटो खिच्दा पछाडि भएको वस्तुबारे त्यति वास्ता नगरिएको हुन सक्छ ।

पछि उक्त अनावश्यक वस्तु नदेखिने बनाउनुपर्‍यो भने हामी ब्याकग्राउन्ड ब्लरको सहायता लिन सक्छौँ । फोटोको ब्याकग्राउण्ड ब्लर गरिरहन अब कुनै पनि थर्ड पार्टी एप डाउनलोड गरिरहन पर्दैन । गुगलले आफ्ना प्रयोगकर्तालाई फोटो एडिट गर्नका विभिन्न सेवा विस्तार गरिरहेको छ ।

अहिले भने गुगल फोटोज एपबाट सजिलै ब्याकग्राउन्ड ब्लर गर्न सकिन्छ । गुगगले यो फिचर पछिल्लो समय सार्वजनिक गरेको नयाँ अपडेट मार्फत उपलब्ध गराएको हो । गुगलको एआईले हाम्रो फोटोको ब्याकग्राउन्ड ब्लर गरिदिने हुनाले हामीलाई त्यही अनुसारको फोटो आवश्यक पर्छ ।

गुगल फोटोजमा रहेको एआईले पोट्रेट फोटोलाई छानेर ब्याकग्राउन्ड ब्लर गर्न सघाउँछ । फोटोमा भएको ब्याकग्राउन्ड ब्लर गर्नका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

-सबैभन्दा पहिले आफ्नो फोनमा रहेको फोटोज एपमा जानुहोस् ।

-त्यसपछि आफूलाई ब्लर गर्नुपर्ने फोटो छान्नुहोस् ।

-त्यसपछि त्यहाँ भएको 'एडिट' अप्सनमा जानुहोस् ।

-तलपट्टि भएको सजेसन, क्रप, टुल्स भएका अप्सन देखिन्छन् । त्यहाँबाट टुल्सको अप्सन छान्नुहोस् ।

-त्यसपछि 'ब्लर' अप्सनमा जानुहोस् ।

-अब आफूलाई उपयुक्त लागेको ब्लर लेभल छान्नुहोस् ।

-त्यसपछि 'डन' (Done) को अप्सन छान्नुहोस् । (यो फिचर प्रयोग गर्नका लागि गुगल वनको सब्स्क्रिप्सन लिएको हुनुपर्छ ।) तर, हामीले उक्त फोटोको स्क्रिनशट लिएर सेभ गर्न सक्छौँ ।

गुगलले आफ्ना गुगल वन मेम्बरका लागि अन्य फिचरहरू पनि ल्याएको छ । ती फिचर शुल्क तिरेर मात्र प्रयोग गर्न सकिन्छ । तर, शुल्क नतिरेर पनि कस्तो देखिन्छ भनेर एडिट भने गर्न पाइन्छ ।

सेभ गर्दा मात्र उक्त फिचर अनलक गर्नुपर्ने हुन्छ । त्यसको सट्टामा स्क्रिनशट लिएर फोटो सेभ गर्न सक्नुहुन्छ । यदि स्क्रिनशट लिँदा फोटोको गुणस्तर राम्रो आएन भने यस लिङ्कमा गई फोटोको गुणस्तर बढाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १६, २०७९ १५:३२