close

मोबाइल बैंकिङ प्रयोगमा सघाउन एफवान सफ्टले ल्यायो नयाँ वेबसाइट

टेकपाना टेकपाना

कात्तिक १८, २०७९ ९:१५

मोबाइल बैंकिङ प्रयोगमा सघाउन एफवान सफ्टले ल्यायो नयाँ वेबसाइट

काठमाडौं । एफवान सफ्ट इन्टरनेसनलले 'युज मोबाइल बैंकिङ डटकम' नामको वेबसाइट सार्वजनिक गरेको छ । प्रयोगकर्तालाई मोबाइल बैंकिङसँग परिचित गराउने उद्देश्यसहित यो वेबसाइट सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

''वेबसाइटमा एफवान सफ्टले सरल र सजिलो नेभिगेट तरिकाले विकास गरिएका सबै बैंकिङ एप्लिकेसनका लागि ट्युटोरियलहरु (सन्दर्भ सामग्री) छन्,'' कम्पनीले विज्ञप्तिमा भनेको छ, ''यी सामग्री प्रयोगको बारेमा जान्न चाहने कुनैपनि ग्राहकले वेबसाइटमा गएर आफ्नो मोबाइल बैंकिङ प्रयोगको ट्युटोरियल हेर्नसक्ने छन् ।''

वेबसाइटमा मोबाइल बैंकिङ्गसम्बन्धी नवीनतम तथ्य, तथ्यांक र डेटाका साथै लेख, ब्लग र यस क्षेत्रका विशेषज्ञहरुका विचारहरु पनि निरन्तर अपडेट गरिने कम्पनीले जनाएकाे छ ।

विज्ञप्तिमा अगाडि भनिएकाे छ, ''युज मोबाइल डटकम एफवान सफ्ट इन्टरनेशनलद्धारा मोबाइल बैंकिङकाे प्रयोगलाई बढावा दिन र बानी बसाल्ने प्रयोग हो, जुन सहरी क्षेत्रमा डेबिट कार्ड र नगदको तुलनामा विस्तारै बैंकिङ र भुक्तानीको लोकप्रिय मोड बन्दै गएको छ ।''

पछिल्लो अध्यावधिक: कात्तिक १८, २०७९ ९:३१