close

स्मार्टफोनमा नयाँ यूआई विजेट ल्याउन प्रयोगकर्ताको सहयोग माग्दै रियलमी

टेकपाना टेकपाना

कात्तिक १८, २०७९ ८:४८

स्मार्टफोनमा नयाँ यूआई विजेट ल्याउन प्रयोगकर्ताको सहयोग माग्दै रियलमी

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नाे 'यूआई विजेट को-क्रियसन क्याम्पेन' आयोजना गर्ने भएको छ । याे अभियानमा एप डेभलपर, यूएक्स डिजाइनर, स्मार्टफोन कम्पनीमा कार्यरत कर्मचारीदेखि सामान्य प्रयोगकर्तासमेत सहभागी हुन सक्नेछन् ।

रियलमी फ्यानहरुसँग मिलेर नयाँँ रियलमी यूआई विजेट निर्माण गरी भौतिक र डिजिटल संसारलाई जोड्ने योजना कम्पनीले बनाएको हाे । यस अभियानले उपभोक्तालाई रियलमीको भविष्यको यूआई विजेट कस्तो हुनेछ भनेर प्रभावकारी भूमिका खेल्ने जनाइएको छ ।

यसरी बनाइने नयाँँ विजेट भिन्न र 'कटिङ एज डिजाइन'युक्त हुने कम्पनीकाे भनाइ छ । साथै यसमा हरेकचोटी स्क्रिन अनलक गर्दा आवश्यक सूचनाहरु पनि प्रदान गर्नेगरी डिजाइन हुने कम्पनीले जनाएको छ ।

यसमा प्रयोगकर्ताले आफ्नो रोचक र नवीन साेच प्रस्तुत गर्न सक्नेछन् । यसका लागि प्रयोगकर्ताले आफ्नो होमस्क्रिनमा राख्न चाहेको विजेटको बारेमा कम्पनीलाई यही कात्तिक २९ गतेसम्म जानकारी गराउनुपर्ने छ ।

यसबाट छनोट भएको आइडिया आउँदो मंसिर २२ गते सर्वजनिक गरिने कम्पनीले जनाएको छ । यसका लागि को–क्रियसन टेम्पेलेट डाउनलोड गरी सोही टेम्पलेट अनुसार एन्ट्री र सम्बन्धित डिजाइनहरु पूरा गर्नुपर्ने हुन्छ ।

त्यसलाई पीडीएफ, डक्स, पीएनजी, जेपीईजी, जेपीजी फर्म्याटमा पठाउनु पर्नेछ । यदि आइडिया छनोट भएको खण्डमा रियलमी जीटी नियो ३ र एक्स्क्लुसिभ कम्युनिटी ब्याज प्रदान गरिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १८, २०७९ ८:४८