close

भारतमा हुने 'टेकफेस्ट २०२२' का लागि नेपाली टिमबीच छनोट प्रतिस्पर्धा हुँदै, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

कात्तिक २२, २०७९ १३:१४

भारतमा हुने 'टेकफेस्ट २०२२' का लागि नेपाली टिमबीच छनोट प्रतिस्पर्धा हुँदै, यसरी बन्नुहोस् सहभागी

काठमाडौं । एड्भान्स कलेज अफ इन्जिनियरिङ एन्ड मेनेजमेन्ट अन्तर्गतको एड्भान्स रोबोटिक्स क्लब (एआरसी)ले टेकफेस्ट २०२२ का लागि छनाेट कार्यक्रम गर्ने भएको छ । एसियाकै ठूलाे सूचना प्रविधि महोत्सवका रूपमा परिचित टेकफेस्ट भारतस्थित 'इन्डियन इन्स्टिच्युट अफ टेक्नाेलाेजी' (आईआईटी) बम्बईले हरेक वर्ष विभिन्न देशका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गर्ने एक प्रतिस्पर्धा हो ।

आउँदो डिसेम्बर १६ देखि तीन दिनसम्म हुने साे कार्यक्रमका लागि नेपालबाट उत्कृष्ट पाँच टिम सहभागी हुनेछन् । यसका लागि एड्भान्स रोबोटिक्स क्लब (एआरसी)ले 'टेक्नोरियन नेपाल' नामक एक प्रतियाेगिता गर्नेछ, जसबाट टेकफेस्टका लागि नेपाली टिम छनाेट गरिनेछ ।

टेकपानासँग कुरा गर्दै एआरसीका संयाेजक संयम अर्यालले भने, "हामीले रोबाेटिक्स, कोडिङ र ओलम्पियाड गरी तीन विधाबाट उत्कृष्ट पाँच टिम छनेट गर्नेछौँ ।"

यी विभिन्न विधामा प्रतिस्पर्धाका लागि इन्जिनियरिङ तथा आईटी पृष्ठभूमिका विद्यार्थी सहभागी हुनसक्ने उनले बताए ।

उक्त कार्यक्रममा सहभागी हुन कात्तिक २४ गतेसम्म यहाँ क्लिक गरेर फाराम भर्नुहाेस् । प्रतिस्पर्धाका लागि यहाँ यहाँ क्लिक गरी दुई ठाउँमा फाराम भर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०७९ १८:१५