close

विद्यार्थीका लागि ४८ घण्टे ह्याकाथन हुँदै

टेकपाना टेकपाना

कात्तिक २२, २०७९ १८:४

विद्यार्थीका लागि ४८ घण्टे ह्याकाथन हुँदै

काठमाडौं । एस इन्स्टिच्युट अफ मेनेजमेन्ट कलेजले 'एस इग्नाइट' नामक ४८ घन्टे ह्याकथन कार्यक्रम आयोजना गर्ने भएको छ । कात्तिक २४ देखि तीन दिनसम्म कलेजकै प्राङ्गणमा हुने कार्यक्रममा उपत्यकाभित्र र बाहिरका गरी एक सय बढी सहभागी हुने बताइएको छ ।

आयोजक समितिका प्रतिनिधि प्रज्ज्वल श्रेष्ठले नवीनतम आविष्कारहरु गर्नसक्ने क्षमता भएका नेपाली युवाका लागि अवसर प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागेको बताए ।

“​ह्याकथनमार्फत हामीले वास्तविक संसारका समस्यासँग लड्ने र नेपालमै अवसरहरूको पहिचान गर्ने एउटा प्लेटफर्म पनि प्रदान गर्न खोजेका छौँ,” उनले भने, प्रतिभाशाली युवाहरूलाई विदेश पलायन हुनबाट रोकी नेपालमै करियर बनाउन सकिन्छ भन्ने विश्वास पनि हामीले युवाहरूमा प्रदान गर्न खोजेका छौँ ।”

ह्याकथनमा उत्कृष्ट हुने सहभागीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार र अन्य उपहारको व्यवस्था गरिएको उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: कात्तिक २२, २०७९ १८:४