close

यस वर्षको 'दराज ११.११' मा के के छन् आकर्षण ?

टेकपाना टेकपाना

कात्तिक २३, २०७९ १५:२५

यस वर्षको 'दराज ११.११' मा के के छन् आकर्षण ?

काठमाडौं । ई-कर्मस प्लेटफर्म दराजले हरेक वर्षझैं यो वर्ष पनि अंग्रेजी वर्षको नोभेम्बर ११ का दिन ठूलो सेल ११.११ घोषणा गरेको छ । यो सेल आधिकारिक रूपमा कात्तिक २४ (नोभेम्बर १०) मध्यरातबाट सुरु हुने कम्पनीले जनाएको छ ।

दराज ११.११ काे मुख्य आकर्षणमा ११ लाख सामानहरूमा ८० प्रतिशतसम्मको छुट, रु. ११,१११ सम्मको मेगा भाउचर, प्रि-पेमेन्टमा २० प्रतिशत अधिकतम रु. ३००० सम्म छुट, खेल एक रुपैयाँ र मेगा गिभअवेको रूपमा ११ ओटा ६५ इन्चको मी टिभी रहेको कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै बिहीबार राति १२ बजेदेख दराजमा बैंकको क्रेडिट कार्डमार्फत सामान खरिद गर्ने ग्राहकले २० प्रतिशत (अधिकतम रु. ३०००) र डेबिट कार्ड मार्फत खरिद गर्नेलाई १५ प्रतिशत (अधिकतम रु. २५००) सम्म छुट पाउन सकिने जनाइएकाे छ ।

यो छुट नबिल बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक लिमिटेड, एभरेष्ट बैंक, हिमालयन बैंक र सनराइज बैंकका ग्राहकका लागि उपलब्ध हुनेछ ।

त्यस्तै मेगा बैंक, एनएमबि बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, एनसीसी बैंक, नेपाल एसबीआई बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, सांग्रिला बैंक र कामना सेवा बैंकका ग्राहकका लागि छुट प्रदान गरिने दराजले जनाएकाे छ ।

त्यसैगरी आफ्नो आईएमई पे वालेटमार्फत भुक्तानी गरेमा १५ प्रतिशत अर्थात् अधिकतम रु. १,१११ सम्मको अतिरिक्त छुट प्राप्त गर्न सकिन्छ । साथै, एनआईसी एसिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, र माछापुच्छ्रे बैंकका ग्राहकले क्रेडिट कार्ड मार्फत शुन्य प्रतिशत ब्याजमा सहज मासिक किस्ता योजनासहित सामान खरिद गर्न सक्नेछन् ।

त्यसैगरी, दराजका सबै प्रमुख क्याम्पेनहरू जस्तै, ११.११ मा धेरै लोकप्रिय खेल एक रुपैयाँ पनि रहेको छ, जहाँ ग्राहकले मात्र रु. १ मा हजारौं मूल्यका उत्कृष्ट उत्पादनहरू जित्ने मौका रहेकाे कम्पनीले जनाएकाे छ ।

ग्राहकले केवल १ रुपैयाँमा अमेजफिट जीटीएस फाेर मिनी, रियलमी नाइन आई फाइभजी स्मार्टफोन, वेबर माइक्रोवेब, ट्रान्क्विलिटी स्पा शिरोधारा नर्भ रिस्टोरेशन मसाज, दुई जनाको लागि हाईग्राउन्ड एडभेन्चर जिप फ्लायर, दुई जनाको लागि हाइग्राउन्ड एडभेन्चर स्काई स्क्रिमर, पोखराको एक रात दुई दिनको प्याकेज एक जोडीका लागि र टाइटन स्मार्ट वाच प्राप्त गर्न सक्नेछन् ।

यो खेलमा सहभागी हुनका लागि ग्राहकले अनलाइन प्रि-पेमेन्ट मार्फत रु.१ अग्रिम भुक्तानी (प्रिपे) गर्नुपर्ने हुन्छ । एक पटक अफर समाप्त भएपछि सबै सहभागीलाई रु.१ फिर्ता गरिने कम्पनीले जनाएकाे छ

यसका साथै प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूमा ८० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ । यी लगायत यो सेलमा एड टु कार्ट, हट पिक्स, ब्रान्ड अफ द डे, फ्री डेलिभरी, रिभ्यु एण्ड विन र नयाँ प्रयोगकर्ता भाउचरहरू पनि समावेश छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक २३, २०७९ १५:२५