close

सहकारी संस्थालाई डिजिटल बनाउन सार्वजनिक गरियो 'मिरा'

टेकपाना टेकपाना

कात्तिक २७, २०७९ ८:७

सहकारी संस्थालाई डिजिटल बनाउन सार्वजनिक गरियो 'मिरा'

काठमाडौं । अब सहकारीहरूको सम्पूर्ण काम डिजिटल हुने भएको छ । बचत तथा ऋण सहकारी अभियानमा प्रविधिगत एकरुपताका लागि मिरा सफ्टवेयर नामक प्रणालीको सफ्ट लन्च गरिएको छ । साकोस अभियान अन्तर्गतको गतिविधिको रुपमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र रारा डिजिटल ल्याब्स प्रा.लि.को सहकार्यमा मिरा ईआरपी तयार गरिएको हो ।  

सफ्टवेयर एज ए सर्भिस (सास) को मोडलमा निर्माण गरिएको मिरा सफ्टवेयरले कार्तिक २६ गते २६ वटा साकोसहरुको तथ्यांक माइग्रेट गरी सञ्चालनको सुरुवात गरिएको हो । आगामी दिनमा क्रमशः अन्य सहकारीहरुमा पनि सेवा विस्तार गर्दै लगिने जनाइएको छ । 

मिरा एक क्लाउडमा आधारित प्लेटफर्म हो जसले हरेक तहमा रहेको सहकारीको प्राविधिक आवश्यकताहरुलाई समेट्ने गरी समाधान गर्छ। यो एक स्वतन्त्र प्लेटफर्म हो जसमा सहकारीको हरेक आवश्यकताहरू पूरा गर्न मिल्दो एपहरू जस्तै कोर बैंकिङ प्रणाली, लेखा प्रणाली, सदस्य र सेयर व्यवस्थापन, मौज्दात व्यवस्थापन, मानव संसाधन व्यवस्थापन, कागजात व्यवस्थापन, आदि समावेश छन्। यो सफ्टवेयर प्रयोग गरेर सहकारीहरूले आफ्नो सम्पूर्ण कामहरू डिजिटल रुपमा गर्न सक्नेछन् भने आफ्नो सदस्यहरूलाई डिजिटल सेवा पनि उपलब्ध गराउन सक्नेछन् । 

सफ्टवेयर निर्माता कम्पनी नियोसिस टेक्नोलोजीले यो सफ्टेवर प्रयोग गर्न अब सहकारीहरुले अन्य कुनै पनि हार्डवेयर, सुरक्षा, क्लाउड भण्डारण, ब्याकअप, फायरवाल, भीपीएन आवश्यक नपर्ने जनाएको छ । सहकारीहरूले वार्षिक १६ हजार मूल्यमा यो सफ्टवेयर खरिद गर्न पाउनेछन् ।

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०७९ ८:७