close

डेभलपरहरूको एसियाली प्रतिस्पर्धामा नेपाली टिम ओम्नीकल सहभागी हुँदै

टेकपाना टेकपाना

मंसिर ६, २०७९ १८:२९

डेभलपरहरूको एसियाली प्रतिस्पर्धामा नेपाली टिम ओम्नीकल सहभागी हुँदै

काठमाडाैं । साेमबारदेखि फिलिपिन्समा सुरू भएकाे ‘स्टेट अप द म्याप एसिया २०२२’ प्रतिस्पर्धामा नेपाली टिमकाे प्रतिनिधित्व गर्दै विद्यार्थी समूह 'ओम्निकल' सहभागी भएकाे छ । ‘ओपन म्यापिङ हब’काे आयाेजनामा मंसिर ९ गतेसम्म हुने कार्यक्रममा ‘ओपन स्ट्रिट म्याप’का बारेमा डेभलपर टिमबीच प्रतिस्पर्धा हुने जनाइएकाे छ ।

गत जुन २० देखि २४ सम्म काठमाडौंको पार्क भिलेज रिसोर्टमा भएकाे 'ह्याकफेस्ट'मा सहभागी ४० समूहमध्येबाट विजयी हुँदै 'ओम्निकल' एसियाली स्पर्धाका लागि छनाेट भएकाे थियाे ।

सार्वजनिक यातायातलाई सहज बनाउने विषयवस्तुमा केन्द्रित परियोजनाको प्रस्तुति दिएर विजेता बनेकाे 'ओम्निकल'ले फिलिपिन्समा पनि यही विषय अगाडि सार्ने साे समूहका एक सदस्य डेभलपर निर्माण खड्काले बताए ।

यो टिममा खड्कासहित असिम भद्र, प्रकाश घिमिरे र पवन विष्ट छन् । त्यस्तै दुई विज्ञहरु जियोमेटिक्स इन्जिनियर गौरव पराजुली र रवि श्रेष्ठ पनि याे टिममा रहेका छन् ।

एसियाली कार्यक्रममा पनि उत्कृष्ट हुन सके यो टिम विश्वस्तरीय प्रतिस्पर्धामा सहभागी हुन पाउने छ ।

पछिल्लो अध्यावधिक: मंसिर ६, २०७९ १८:२९