close

अब गुगल मेसेजमा कुनै पनि इमोजीले रियाक्ट गर्न सकिने

टेकपाना टेकपाना

मंसिर ८, २०७९ ११:५०

अब गुगल मेसेजमा कुनै पनि इमोजीले रियाक्ट गर्न सकिने

काठमाडौं । गुगल मेसेजमा अब कुनै पनि इमोजीमार्फत रियाक्ट गर्न सकिने भएकाे छ । सुरूवाती चरणमा गुगलले सीमित प्रयाेगकर्ताका लागि याे  फिचर उपलब्ध गराएको छ । यसअघिसम्म गुगल मेसेजमा आएको मेसेजमा रियाक्ट गर्नका लागि सात ओटा इमोजीमात्रै उपलब्ध थियो ।

तर, अब भने प्रयोगकर्ताले आवश्यक अनुसार छनोट गरेर प्रयोग गर्नसक्ने भएका छन् । हुन त मेसेजिङ एपमा यो फिचर नयाँ भने होइन । स्ल्याक्स, ह्वाट्सएप, टेलिग्राम लगायतका मेसेजिङ एपमा यसअघि नै यो फिचर उपलब्ध हुँदै आएको छ । यस्तोमा गुगलले आफ्ना प्रयोगकर्तालाई समेत यो फिचर उपलब्ध गराउने भएको हो ।

परीक्षणको रुपमा उपलब्ध गराइएको यो फिचरमा प्रयोगकर्ताबाट आएको प्रतिक्रियाका आधारमा परिस्कृत गर्दै अन्य प्रयोगकर्तालाई समेत उपलब्ध गराउने कम्पनीले जनाएको छ ।


 

पछिल्लो अध्यावधिक: मंसिर ८, २०७९ ११:५०