close

एस इन्स्टिच्युट अफ मेनेजमेन्ट कलेजको आयोजनामा ४८ घन्टे ह्याकाथन सम्पन्न

टेकपाना टेकपाना

मंसिर ९, २०७९ १४:३०

एस इन्स्टिच्युट अफ मेनेजमेन्ट कलेजको आयोजनामा ४८ घन्टे ह्याकाथन सम्पन्न

काठमाडौं । एस इन्स्टिच्युट अफ मेनेजमेन्ट कलेजले 'एस इग्नाइट' नामक ४८ घन्टे ह्याकाथन कार्यक्रम सम्पन्न गरेको छ । यो कार्यक्रम कात्तिक २४ देखि तीन दिनसम्म कलेजकै प्राङ्गणमा आयोजना भएको थियाे ।

कार्यक्रममा उपत्यकाभित्र र बाहिरका गरी एक सय बढीकाे सहभागिता रहेकाे आयोजक समितिका प्रतिनिधि प्रज्ज्वल श्रेष्ठले जानकारी दिए । नवीनतम आविष्कार गर्नसक्ने क्षमता भएका नेपाली युवाको सहभगिताले सकारात्मक परिवर्तन ल्याउने उनले विश्वास व्यक्त गरे ।

“विभिन्न क्षेत्रका युवा प्रतिभाहरुको क्षमता र समस्या समाधान गर्नको लागि उनीहरुले गरेको सिर्जनात्मक सहकार्यले पक्कै पनि सकरात्मक परिवर्तन ल्याउनेछ," उनले भने, "हामीले गर्नैपर्छ र गर्न सक्छौँ भन्ने उनीहरुको मनोबल वास्तवमै प्रशंसनीय छ ।

उनीहरूको उत्साहजनक सहभागिताले पक्कै पनि ह्याकथनलाई वास्तवमै सफल बनाएको छ ।” ह्याकथनमा सहभागीमध्ये टिम यासर प्रथम, टिम पीएनइी दोस्रो र टिम टेली टबिब तेस्रो भएका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर ९, २०७९ १४:३०