close

बत्ती बालेर सुत्दा हुनसक्छ मधुमेह

टेकपाना टेकपाना

मंसिर १०, २०७९ १४:३३

बत्ती बालेर सुत्दा हुनसक्छ मधुमेह

काठमाडौं । करिब एक लाख चिनियाँ वयस्कहरूमा गरिएको अध्ययनले राति बत्ती बालेर सुत्दा मधुमेह हुने जोखिम रहेको बताएको छ । राति बत्ती बालेर अथवा बाहिरी कृत्रिम प्रकाशको सम्पर्कमा रहेको कोठामा सुत्दा मधुमेह हुने खतरा बढ्न सक्ने उक्त अध्ययनमा उल्लेख गरिएको छ । उक्त अध्ययमा देखाइए अनुसार राती कृतिम उज्यालो सुत्ने २८ प्रतिशत भन्दा बढि चिनियाँमा मधुमेह देखिएको थियो ।

अध्ययनले चिनियाँभर यसरी कृतिम उज्यालोमा सुत्दा चीनको १८ वर्षदेखि माथिका ९० लाखभन्दा बढी मानिसहरूमा मधुमेहकको समस्या हुनसक्ने आकँलन पनि गरेको छ । नेपालमा पनि विस्तारै बढ्दै गएको सहरीकरणका कारण प्रकाश प्रदुषण बढ्दै गइरहेको छ । मानिसहरू कृतिम उज्यालोमा विस्तारै अभ्यस्त हुँदै गइरहेका छन् ।

पछिल्लो समयमा नेपालमा पनि रक्तचाप र मधुमेहको रोगीको संख्या बढ्दो छ । र विशेषगरी यो संख्या सहरमा बसोबास गर्नेहरूमा धेरै देखिन्छ । सहरी प्रकाश प्रदूषण यति व्यापक छ कि यसले वरपरको हरियालीलाई असर गर्न सक्छ जुन प्रकाश स्रोतबाट दशौं, सयौं कोष टाढा हुनसक्छन् । यो अध्ययनले रातमा कृत्रिम प्रकाशको सम्पर्कमा रहँदा तौल बढ्ने र मोटोपना हुने, मेटाबोलिक कार्यमा अवरोध, इन्सुलिन स्राव र मधुमेहको विकास, र हृदय रोगको जोखिम कारकहरू बीचको सम्बन्ध देखाएको छ ।

टिभी सेट, मोबाइल अथवा रातीमा बाल्ने बत्तीजस्ता मधुरो प्रकाशमा सुत्दा यसले  निद्रालाई प्रभावित गर्छ । यसले मुटुको धड्कन बढाउन सहयोग गर्ने बताइएको छ, जसलर् गर्दा भविष्यमा हृदय रोग र प्रारम्भिक मृत्युको जोखिम हुनसक्ने बताइएको छ । यसले रगतमा चिनीको स्तर अर्थात इन्सुलिनलाई बढ्न मद्दत गर्छ जसले मधुमेह निम्त्याउन सक्छ । मधुमेहको विकासलाई रोक्न स्वस्थ निद्रा धेरै महत्त्वपूर्ण छ ।

राति प्रकाश प्रदूषणको लामो समयसम्म सम्पर्कमा रहँदा रगतमा ग्लुकोजको मात्रा बढेको र इन्सुलिन प्रतिरोध र मधुमेहको उच्च जोखिम निम्त्याएको पाइएको छ । मधुमेह र रातको प्रकाश प्रदूषणबीचको कुनै सीधा सम्बन्ध अझै पनि अस्पष्ट छ, यद्यपि, सहरी क्षेत्रमा बस्नु आफैंमा मधुमेह जोखिम हो भनेर अध्ययनमा उल्लेख गरिएको छ ।

यसबाट बच्नको लागि आफ्नो ओछ्यानलाई झ्यालबाट टाढा राख्ने र प्रकाश-ब्लकिङ विन्डो शेडहरू प्रयोग गर्ने गर्न सकिन्छ । यसको साथै आखाँमा लगाउने स्लिप मास्क लगाएर सुत्न पनि सकिन्छ । साथै टेलिभिजन, स्मार्टफोन, ट्याब्लेट र ल्यापटप प्रयोग गर्दै सुत्ने बानी हटाउनु पनि जरुरी छ । बेलुका सुत्ने समयभन्दा कम्तीमा दुईदेखि तीन घण्टाअघि यस्ता कुनै पनि प्रकारको कृत्रिम प्रकाशबाट टाढा रहनुहोस् ।

पछिल्लो अध्यावधिक: मंसिर १०, २०७९ १४:३३