close

जब गुगलले कम्पनी वरपर उम्रेको घाँस सफा गर्न बाख्रा भाडामा लियो...

टेकपाना टेकपाना

मंसिर १३, २०७९ १०:४७

जब गुगलले कम्पनी वरपर उम्रेको घाँस सफा गर्न बाख्रा भाडामा लियो...

काठमाडौं । सुन्दा अपत्यारिलो लाग्नसक्छ, तर कुनै एउटा यस्तो समय थियो जब गुगलले कम्पनी वरपरको ठाउँहरू सफा राख्नको लागि बाख्रा भाडामा लिएको थियो । यो कुरा १३ वर्ष अघिको हो जब गुगलले २०० ओटा बाख्रा भाडामा लिएको थियो । कम्पनीको क्यालिफोर्नियामा रहेको मुख्यालय पहाडी क्षेत्रमा पर्दछ । उक्त मुख्यालय वरपर रहेको खाली जग्गामा उम्रने घाँसहरूले आगलागीको जोखिम बढाउने हुँदा कम्पनीले समय-समयमा त्यहाँको सफाइ गर्नुपर्थ्यो । 

पेट्रोलमा चल्ने र हावालाई प्रदूषित गर्ने साथै ठूलो आवाज आउने घाँस काट्ने उपकरणहरू प्रयोग गर्नुको सट्टा कम्पनीले बाख्राको बथानलाई चरनको लागि छोडिदिदाँ बढि उपयोगी हुने देखिएकोले यसो गरेको कम्पनीले बताएको छ। कम्पनीले बाख्राको बथान ल्याएर त्यहाँ छोडिदिन्थ्यो र ती बाख्राहरूले त्यहाँ घाँस खान्थे । मेसिनको प्रयोग भन्दा बाख्रालाई चरनको लागि छोड्दा वातावरण पनि स्वच्छ रहने र आफ्नो काम पनि हुने हुँदा बाख्राको बथान भाडामा लिएको कम्पनीको भनाई छ । 

त्यतिबेला गुगलले क्यालिफोर्निया ग्रेजिङ नामक कम्पनीबाट बाख्रा भाडामा लिएको थियो । उक्त बाख्रा पालकको एक गोठालले एक पटकमा २०० ओटा बाख्रा ल्याउँथे र एक हप्तासम्म त्यहाँ चरनको लागि छोडिदिन्थे । यद्यपि ती बाख्राहरूको मूल्य घाँस काट्ने व्यक्तिलाई दिने मूल्य जतिकै परेको कम्पनीको भनाई छ । 

पछिल्लो अध्यावधिक: मंसिर १३, २०७९ ११:१