close

अनलाइन फारम स्वचालित रूपमा भर्नुपर्‍यो ? अपनाउनुहोस् यो स्मार्ट तरिका

टेकपाना टेकपाना

मंसिर २१, २०७९ १६:५५

अनलाइन फारम स्वचालित रूपमा भर्नुपर्‍यो ? अपनाउनुहोस् यो स्मार्ट तरिका

काठमाडौं । इन्टरनेटमा क्रोम सर्वाधिक बढी प्रयोग हुने ब्राउजर हो । विशेषगरी कुनै पनि वेबसाइट खोल्ने, त्यसमा नयाँ अकाउन्ट बनाउने, विभिन्न विवरण राखेर फारम भर्ने जस्ता काम क्राेमबाट गरिरहेका हुन्छौँ ।

हामीलाई एउटै विवरण धेरै पटक भरिरहँदा दिक्दार लागेको हुनसक्छ । आज हामी बारम्बार राखिरहनु पर्ने त्यस्ता विवरण स्वतः कसरी राख्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै छौँ ।

क्रोमको बिल्ट-इन अटोफिल फिचर

क्रोम ब्राउजरमा एउटा त्यस्तो बिल्ट-इन फिचर छ, जसले स्वतः वेब फारम भर्न सघाउँछ ।  ​गुगलको अटोफिल फिचर प्रयोग गर्न तलको प्रक्रिया अपनाउनुहोस्:

-सबैभन्दा पहिले क्रोम खोल्नुहोस् ।

-त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा लाइनमा क्लिक गरेर सेटिङमा जानुहोस् ।

-अनि बायाँपट्टि भएको अटोफिलको अप्सन छान्नुहोस् ।

-त्यहाँ पासवर्ड मेनेजर, पेमेन्ट मेथड, र एड्रेस एन्ड मोर'को अप्सन रहेको हुन्छ । पासवर्ड मेनेजरकाे प्रयाेग गर्नु परेन । आवश्यक परेको छैन भने पेमेन्ट मेथडलाई त्यत्तिकै छोड्नुहोस् ।

-अन्त्यमा भएको ‘एड्रेस एन्ड मोर' अप्सन छान्नुहोस् ।

-यति गरेपछि एडको अप्सनमा क्लिक गर्नुहोस् ।

-त्यसपछि आफ्नो नाम, आफूले काम गर्ने संगठनको नाम, पोस्टल कोड, फोन नम्बर तथा ईमेल राख्नुहोस् ।

- अब ‘सेभ’ अप्सनमा क्लिक गर्नुहोस् । त्यसपछि तपाईँले क्रोमबाट कुनै पनि फारम भर्दा यहाँ राखिएका विवरण स्वतः फिल हुन्छन् ।

पछिल्लो अध्यावधिक: मंसिर २१, २०७९ १६:५५