close

सस्तो मूल्यमा ‘वुलिङ एयर ईभी’ नेपाली बजारमा, सिङ्गल चार्जमा ३०० किमिसम्म गुड्ने

टेकपाना टेकपाना

मंसिर २२, २०७९

सस्तो मूल्यमा ‘वुलिङ एयर ईभी’ नेपाली बजारमा, सिङ्गल चार्जमा ३०० किमिसम्म गुड्ने

काठमाडौं । नेपाली बजारमा ‘वुलिङ एयर ईभी’ (Wuling Air EV) सार्वजनिक भएको छ । नेपालका लागि वुलिङ ब्रान्डकाे आधिकारिक वितरक ईभी नेपाल मोटर्सले दुई ब्याट्री भेरियन्टमा याे मिनी कार बजारमा भित्र्याएकाे हाे ।

यसअन्तर्गत ३० किलाेवाट क्षमताकाे माेटर र १७.३ किलोवाट आवर ब्याट्री क्षमता भएकाे कारकाे मूल्य २४ लाख ९९ हजार रूपैयाँ ताेकिएकाे छ । त्यस्तै ५० किलाेवाट क्षमताकाे माेटर र २८.४ किलोवाट आवर ब्याट्री क्षमता भएकाे कारकाे मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीका अनुसार याे कार सिङ्गल चार्जमा २०० देखि ३०० किलाेमिटरसम्म गुड्नसक्छ । त्यस्तै ब्याट्री फुल चार्ज हुन चार घण्टा लाग्ने र अधिकतम १०० किलाेमिटर प्रति घण्टाकाे गतिमा याे कार गुड्ने कम्पनीकाे दाबी छ ।

आठ वर्षको वारेन्टी रहेको कारमा भ्वाइस कमान्डिङ फिचर पनि छ ।

पछिल्लो अध्यावधिक: मंसिर २२, २०७९