close

ट्वीटरमा अब ४ हजार क्यारेक्टर सम्मको ट्वीट गर्न सकिने

टेकपाना टेकपाना

मंसिर २६, २०७९ १२:३२

ट्वीटरमा अब ४ हजार क्यारेक्टर सम्मको ट्वीट गर्न सकिने

काठमाडौं । ट्वीटरमा ट्वीटको शब्दसीमा थप फराकिलो हुने भएकाे छ । आइतबार एक प्रयोगकर्ताको ट्वीटमा रिप्लाई दिँदै कम्पनीका मालिक एलन मस्कले ट्वीटको शब्दसीमा चार हजार क्यारेक्टर पुर्‍याउन लागेको पुष्टि गरेका हुन् ।

अल्लान ओबयर नाम भएका ट्वीटर प्रयोगकर्ताले सोधेको "एलन, ट्वीटरले क्यारेक्टरहरू २८०  बाट चार हजारसम्म बढाउन लागेको साँचो हो ?" प्रश्वकाे जवाफमा मस्कले याे कुराकाे पुष्टि गरेका छन् ।

ट्वीटरमा सबैभन्दा पहिले १७० क्यारेक्टर भएका शब्दहरू ट्वीट गर्न सकिन्थ्यो, जसलाई बढाएर कम्पनीले सन् २०१७ मा २८० क्यारेक्टर पुर्‍याइएको थियो ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ट्वीटर शब्द सीमा हटाउन लागेको कुरा उल्लेख गर्दै आएका थिए । तर ट्वीट कति क्यारेक्टर लामो राख्न सकिन्छ भन्ने कुरा भने बाहिर आएको थिएन । यही अन्यौलतालाई मस्कले एक रिप्लाई दिँदै उक्त फिचर आधिकारिक रूपमा आउन लागेको संकेत गरेका हुन् ।

ट्वीटरमा २८० क्यारेक्टरका ट्वीट राख्दा प्रयोगकर्ताले थ्रेड बनाउँदै थप कुरा उल्लेख गर्नुपर्ने झन्झट छ । यही झन्झटलाई अन्त्य गर्न र एउटै ट्वीटमा लामो स्टाटस राख्न कम्पनीले यो फिचर ल्याउन लागेको हो ।

यो फिचर कहिले सार्वजनिक हुन्छ भन्ने कुराको आधिकारिक जानकारी भने आएको छैन ।  

यसैबीच कम्पनीले आज सोमबार ट्वीटर ब्लु सब्स्क्रिप्सन पुनः सार्वजनिक गर्न लागेको छ । यसपछिको कदम क्यारेक्टर बढाउने विज्ञहरूले अपेक्षा गरेका छन् ।  

Yes

— Elon Musk (@elonmusk) December 11, 2022

 

पछिल्लो अध्यावधिक: मंसिर २६, २०७९ १३:२६