close

सामसङ ग्यालेक्सी एस२३ अल्ट्रा स्मार्टफोनमा २०० मेगापिक्सेलको क्यामेरा, अरू के के छन् फिचर ?

टेकपाना टेकपाना

मंसिर २७, २०७९ ११:१९

सामसङ ग्यालेक्सी एस२३ अल्ट्रा स्मार्टफोनमा २०० मेगापिक्सेलको क्यामेरा, अरू के के छन् फिचर ?

काठमाडौं । सामसङ आफ्नो आगामी उत्पादन सामसङ ग्यालेक्सी एस२३ सिरिजका स्मार्टफोनमा काम गरिरहेको छ । अबको केही महिनापछि विश्वबजारमा उपलब्ध हुने याे फ्ल्यागशिप सिरिजका नयाँ स्मार्टफोन कस्तो हुनेछ भन्ने विषय धेरैका लागि चासोको विषय हो ।

यसैबीच सामसङको आगामी स्मार्टफोन एस२३ अल्ट्राबारे धेरै कुरा बाहिरिएको छ । कम्पनीले स्मार्टफोनका लागि आवश्यक टीईएनएए सर्टिफिकेटका लागि बुझाएको जानकारी अनुसार याे फोनमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा हुनेछ । त्यस्तै यसमा ६.८ इन्चको क्यूएचडी प्लस डिस्प्ले हुनेछ ।

फोरजी र फाइभजी दुवै सपोर्ट गर्ने फोनमा अक्टाकोर प्रोसेसर रहनेछ । स्न्यापड्रागन ८ जेन २ प्राेसेसरयुक्त यो फोन ८/१२ जिबी र्‍याम भेरियन्टमा उपलब्ध हुने जनाइएको छ ।

फोनमा २०० मेगापिक्सेलको मुख्य क्यामेरासँगै १२ मेगापिक्सेलको अल्ट्रावाइड र १० मेगापिक्सेलको टेलिफोटो जुम लेन्स र १० मेगापिक्सेलकै अप्टिकल जुम लेन्स रहनेछ । त्यस्तै फोनमा ५००० एमएएच क्षमताको ब्याट्री उपलब्ध हुने छ ।

पछिल्लो अध्यावधिक: मंसिर २७, २०७९ ११:२३