काठमाडौं । एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले नेपाली बजारमा गुगल टिभी भित्र्याएको छ । कम्पनीले हालै पी७३५ फोरके एचडीआर गुगल टिभी (७५ इन्च) र सी७३५ क्यूएलईडी फोरके गुगल टिभी (६५ र ५५ इन्च) टेलिभिजन नेपाली बजारमा ल्याएकाे छ । यी दुवै टिभीमा क्यामेरा सपाेर्ट छ । त्यस्तै कम्पनीले पी६३५ फोरके एचडीआर गुगल टिभी (६५, ५५, ५० र ४३ इन्च) पनि ल्याएकाे छ ।
नेपालका लागि टीसीएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी ईओएलले यी टिभी बिक्री वितरण गर्नेछ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रविभवन, कीर्तिपुर, हात्तिगौंडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।
गुगल टिभीमा प्रयोगकर्तालाई सहज र सरल तरिकाले टिभी चलाउन मद्दत गर्ने अत्याधुनिक युजर इन्टरफेसर ओएस रहेकाे कम्पनीकाे भनाइ छ । यसमा प्रयोगकर्ताले आफ्नो मनपर्ने सामग्री सहज तरिकाले एपहरूमा नगईकन होम स्क्रिनबाट नै सेलेक्ट गरेर हेर्न सक्छन ।
गुगल टिभीको प्रारम्भिक सेटअपपछि प्रयोगकर्ताले गुगल टिभीको होमस्क्रिन देख्न सक्नेछन । होमस्क्रिनमा विभिन्न एपहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरूको स्लाइडहरु हुन्छन्, जुन प्राथमिकताको आधारमा देखाइन्छ ।
''टीसीएल गुगल टिभी परम्परागत स्मार्ट टिभीभन्दा एक कदम अगाडि छ । किनभने यसमा गुगल प्ले स्टोरका साथै प्यारेन्टल कन्ट्रोल, स्मुथनेस र परिष्कृत युजर इन्टरफेरेन्सहरु छन्, जसले गर्दा प्रयोगकर्ताहरुले टिभी चलाउँदा सहज र सजिलो महसुस गर्छन,'' कम्पनीले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ ।
यसबाहेक गुगल टिभीले टेलिभिजन अनुभव सुधार्न क्रोमकास्ट र ब्युल्ट-ईन गुगल असिस्टेन्टमा पहुँच प्रदान गर्ने र नयाँ संस्करणहरुलाई स्वतः अपडेट गर्ने कम्पनीले जनाएकाे छ ।