काठमाडौं । जाडोयामलाई लक्षित गर्दै हिमस्टारले बजारमा विभिन्न मूल्यका हिटर उपलब्ध गराएको छ । गोल्छा ग्रुपको भगिनी संस्थका रुपमा हिम इलेक्ट्रोनिक्सले यी हिटर उपलब्ध गराएको हो ।
कम्पनीले आफ्ना विद्युतीय हिटरहरू सानो भएकाले प्रयोग गर्न सजिलो र छरितो हुने र जाडो मौसममा पर्याप्त न्यानो प्रदान गर्ने दाबी गरेको छ ।
यी हिटरहरूमा गुणस्तरीय हिटिङ प्रणाली प्रयोग गरिएको हुँदा तुरुन्तै तातिन्छ र यसमा दुई वा सो भन्दा बढी पावर सेट पनि गर्न सकिने कम्पनीको भनाइ छ ।
हाल बजारमा २३ सय ९० रुपैयाँदेखि चार हाजार ४० रुपैयाँसम्मका हिमस्टारका हिटर उपलब्ध छन् ।
पछिल्लो अध्यावधिक: मंसिर २८, २०७९ १८:१६
