close

पब्जी मोबाइल नेसनल च्याम्पियनशिपमा आज सेमिफाइनलको अन्तिम खेल चल्दै, यसरी हेर्नुहोस् लाइभ

टेकपाना टेकपाना

पुस १, २०७९

पब्जी मोबाइल नेसनल च्याम्पियनशिपमा आज सेमिफाइनलको अन्तिम खेल चल्दै, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । पब्जी मोबाइल नेसनल च्याम्पियनशिप (पीएमएनसी) नेपाल २०२२ अन्तर्गत आज सेमिफाइनल चरणको अन्तिम दिनको खेल हुँदैछ । प्रतियोगितामा सेमिफाइनल पुगेका ३२ नेपाली टिमलाई चार समूहमा बाँडेर राउन्ड रोबिन फर्म्याटमा सेमिफाइनलका खेल भइरहेका छन् ।

सेमिफाइनलको दुई दिनको १२ खेल सकिँदा ‘जेएम एकेडेमी’ ३५ एलिमिनेसन र एक चिकेन डिनरसहित कुल ७७ पोइन्ट ल्याएर अङ्क तालिकाको पहिलो स्थानमा रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ‘इलुमिनेट क्रु’ले ७७ पोइन्ट नै ल्याएर जेएम एकेडेमीलाई पछ्याइरहेको छ ।

त्यस्तै ७० पोइन्ट ल्याएर तेस्रो स्थानमा ‘लर्डएक्स अफिसियल’ छ । आजको छ खेलपछि कुन टिमले फाइनल खेल्ने भन्ने टुङ्गो लाग्नेछ । सेमिफाइनलको अङ्क तालिकाको शीर्ष १३ भित्र पर्ने टिमले अफलाइन फाइनल (ल्यान) खेल्नेछन् ।

अन्तिम चरणको खेल डिसेम्बर २१ र २२ मा हुनेछ, जसमा सेमिफाइनलको अङ्क तालिकाको शीर्ष १३ मा रहेका टिम र तीन आमन्त्रित टिम गरी कुल १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । आमन्त्रित टिममा ‘विजेज क्लब’, ‘ज्यानमारा ई-स्पोर्ट्स’ र ‘द अट्रयाक्स ई-स्पोर्ट्स रहेका छन् ।

यो प्रतियोगिताको कुल पुरस्कार राशि ३० हजार अमेरिकी डलर (करिब ४० लाख नेपाली रुपैयाँ ) राखिएको छ, जसमध्ये विजेताले १० हजार डलर (करिब १३ लाख नेपाली) हात पार्नेछन् । त्यस्तै दोस्रो हुने टिमले पाँच हजार डलर (करिब साढे छ लाख नेपाली) र तेस्रो हुने टिमले ३५ सय डलर (करिब साढे चार लाख नेपाली) पाउनेछन् ।

साथै यो प्रतियोगितामा शीर्ष तीनभित्र रहने टिमले ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया स्प्रिङ २०२३’ मा स्थान बनाउनेछन् । 

यसरी हेर्नुहाेस् लाइभ
 

पछिल्लो अध्यावधिक: पुस १, २०७९