close

विश्वकप जितेपछि मेस्सीको इन्स्टाग्राममा १६ घण्टामै थपिए ६० लाख फलोअर

टेकपाना टेकपाना

पुस ४, २०७९ १३:२२

विश्वकप जितेपछि मेस्सीको इन्स्टाग्राममा १६ घण्टामै थपिए ६० लाख फलोअर

काठमाडौं । अर्जेन्टिनी स्टार फुटबलर लिओनल मेस्सीको इन्स्टाग्राम अकाउन्टमा १६ घण्टामै ६० लाख बढी फलोअर थपिएका छन् । फिफा विश्वकप २०२२ को फाइनल खेलमा फ्रान्सविरुद्ध पेनाल्टीमा दुई गोल बढी गर्दै अर्जेन्टिना विश्वकप विजेता बनेको छ ।

यससँगै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको चर्चा उचालिएको छ । आइतबार राति ८:४० मा उनको इन्स्टाग्राम अकाउन्टमा ३९ करोड २० लाख  फलोअर थिए भने साेमबार दिउँसाे १ः१० सम्म उनको फलोअर सङ्ख्या ३९ करोड ८० लाख फलोअर अर्थात् १६ घण्टाभित्र उनको अकाउन्टमा ६० लाख फलोअर बढेका छन् ।

फिफा विश्वकप २०२२ मा थुप्रै खेलाडीले चर्चा पाएका छन् । यस विश्वकपमा थुप्रै खेलाडीले नाम, दामसँगै सामाजिक सञ्जालमा फलोअर पनि बढाएका छन् । यसअघि समूह चरणको खेलमा सर्बियाविरुद्ध गोल गर्ने ब्राजिलका रिचार्लिसनकाे अकाउन्टमा एक दिनमै ४० लाख इन्स्टाग्राम फलोअर बढेका थिए ।

त्यस्तै दक्षिण कोरियाका स्ट्राइकर चो गुए-सङले पनि विश्वकपका खेलमा राम्रो प्रशंसा बटुलेका छन् । २० हजार हारहारीमा इन्स्टाग्राम फलोअर रहेका गुए-सङले २० लाख बढी फलोअर बढाएका छन् ।

पछिल्लो अध्यावधिक: पुस ४, २०७९ १३:३३