close

इन्स्टाग्राममा मेस्सीको फोटोलाई सर्वाधिक लाइक, अण्डाको फोटो दोस्रो स्थानमा झर्‍यो

टेकपाना टेकपाना

पुस ५, २०७९ १५:५४

इन्स्टाग्राममा मेस्सीको फोटोलाई सर्वाधिक लाइक, अण्डाको फोटो दोस्रो स्थानमा झर्‍यो

काठमाडौं । फुटबलर लिओनल मेस्सीले इन्स्टाग्राममा राखेको फोटोले अहिलेसम्मकै बढी लाइक पाएकाे छ । यसअघि सन् २०१९ मा अपलोड भएको अण्डाको फोटोले उक्त कीर्तिमान राखेकाे थियाे ।

आइतबार फिफा विश्वकपको फाइनलमा फ्रान्सलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना विश्वकप विजेता बनेसँगै मेस्सीले थुप्रै कीर्तिमान राखेका छन् । उपाधि जितेपछि मेस्सीले राखेको फोटो इन्स्टाग्राममा सर्वाधिक बढी लाइक पाउने फोटो बनेको छ ।

उनकाे फोटोले ३० घण्टाभन्दा पनि कम समयको अवधिमा नै धेरै लाइक पाउनेमा रेकर्ड राखेकाे हाे । यो समाचार तयार पार्दासम्म (मंगलबार दिउँसाे साढे ३ बजे) मेस्सीले इन्स्टाग्राममा अपलोड गरेको फोटोले पाँच करोड ६० लाख बढी लाइक पाएको छ भने यसअघि विश्व रेकर्ड राखेको अण्डाको फोटोले पाँच करोड ५९ लाख बढी लाइक पाएको छ ।

यी दुवै फोटोको लाइक बढ्ने क्रम जारी छ । यद्यपि मेस्सीले अपलोड गरेको फोटोमा तीव्र गतिमा लाइक आइरहेको छ ।

त्यस्तै तेस्रो स्थानमा पोर्चुगलका फुटबलर क्रिश्चियानो रोनाल्डोले लुइ भितनको विज्ञापनका लागि राखेकाे आफू र मेस्सीको फोटो रहेको छ । उक्त फोटोले हालसम्म चार करोड २१ लाख बढी लाइक पाएकाे छ ।

पछिल्लो अध्यावधिक: पुस ५, २०७९ १६:१९