close

बालबालिका लक्षित कोडिङ प्रतियोगिता हुँदै, विजेतालाई २ लाख बराबरको छात्रवृत्ति

टेकपाना टेकपाना

पुस ६, २०७९ १३:२९

बालबालिका लक्षित कोडिङ प्रतियोगिता हुँदै, विजेतालाई २ लाख बराबरको छात्रवृत्ति

काठमाडौं । बालबालिकालाई लक्षित गर्दै कोडिङ प्रतियोगिता हुने भएको छ । 'मेरो कोडिङ क्लास'काे आयोजनामा पुस १७ देखि विभिन्न चरणमा हुने 'काेडिङ किकस्टार्ट' प्रतियोगितामा आठदेखि १६ वर्ष उमेर समूहका बालबालिका सहभागी हुन सक्नेछन् ।

टेकपानासँग कुरा गर्दै मेरो कोडिङ क्लासका संस्थापक वसन्त पन्तले बालबालिकालाई कोडिङतर्फ आकर्षित गराउने लक्ष्यले प्रतियोगिता गर्न लागिएकाे बताए ।

"हामीले बालबालिकाको कलिलो मष्तिष्कलाई कोडिङतर्फ रुचि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्ने लागेका हाैं," उनले भने, "यसमा सहभागी हुने बालबालिकालाई १० दिनको वर्कशप गराइनेछ । त्यसपछि एक हप्तामा कुनै प्रोजेक्ट गर्न दिइनेछ । सोही प्रोजेक्टको आधारमा माघ २८ गते नतिजा सार्वजनिक गर्नेछौँ ।"

प्रतियोगितामा सहभागी हुन आठदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई चार हजार ९९९ रुपैयाँ दर्ता शुल्क लाग्नेछ । त्यस्तै १२ देखि १६ वर्षसम्मका बालबालिका लागि पाँच हजार ४९९ रुपैयाँ लाग्नेछ ।

प्रतियोगितामा सहभागी हुने आठदेखि १२ वर्षका बालबालिकालाई स्क्र्याचसम्बन्धी वर्कशप गराइनेछ भने १२ देखि १६ वर्ष उमेर समूहका बालबालिकाका लागि पाइथनबारे कोडिङ सिकाइनेछ ।

प्रतियोगिताका विभिन्न चरण पार गरेर प्रथम हुनेलाई कोडिङ क्लासका लागि एक वर्षको छात्रवृत्ति उपलब्ध गराइने छ, जसको शुल्क करिब दुई लाख रुपैयाँ बराबरकाे हुनेछ ।

त्यस्तै दोस्रो हुनेलाई ७० प्रतिशत छुट र तेस्रो हुनेलाई ५० प्रतिशत छुट दिने उनले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक विद्यार्थीले यहाँ क्लिक गरी आफ्नो फारम भर्न सक्नेछन् । फारम भरिसकेपछि मेरो कोडिङ क्लासबाट कन्फर्मेसन कल जानेछ ।

"प्रतियोगितामा सहभागी हुने बालबालिकाले हाम्रो वेबसाइटमा गएर फारम भर्नुपर्ने हुन्छ," उनले भने, "फारम भरिसकेपछि हामी यहाँबाट उहाँहरूलाई थप कुरा बुझाएर दर्ता शुल्कबारे कुरा गर्छौं ।" "नेपालमै पहिलो पटक हुन गइरहेको 'कोडिङ किक स्टार्ट'ले बालबालिकाहरूका लागि प्रतियोगिता, मनोरञ्जनका साथै भविष्यका लागि उपयुक्त ज्ञान प्रदान गर्नेमा हामी विश्वस्त छौँ," उनले थपे ।

पछिल्लो अध्यावधिक: पुस ६, २०७९ १४:१२