close

क्यान महासंघको अध्यक्षमा रणजित पौदार निर्विरोध निर्वाचित

टेकपाना टेकपाना

पुस ७, २०७९ १२:५५

क्यान महासंघको अध्यक्षमा रणजित पौदार निर्विरोध निर्वाचित

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को अध्यक्षमा रणजित पौदार निर्विरोध निर्वाचित भएका छन् । क्यान महासंघको नयाँ कार्यसमितिका लागि अध्यक्षमा पौदारको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

पौदारले महासंघकाे पछिल्लाे केन्द्रीय समितिमा उपाध्यक्षका रुपमा रहेका थिए । त्यसअघि महासंघकाे महासचिव, कोषाध्यक्ष पदमा समेत रहेका उनी साथी ट्रेडिङ्स इन्टरनेसनलका सञ्चालक हुन् ।

महासंघकाे नयाँ कार्यसमितिका लागि निर्वाचन समितिले बुधबार साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय दिएको थियो । यसअन्तर्गत अध्यक्षमा पौदारसँगै संस्थागत र लेखा समितितर्फ थप ९ जना निर्विरोध निर्वाचित भएका छन् ।

संस्थागतर्फ निर्वाचित हुनेमा उमेश रघुवंशी, केशव भट्टराई, विश्वराम बलामी, बुद्धरत्न मानन्धर, सरिता थिङ्ग र आग्मा मालाकार रहेका छन् । त्यस्तै लेखा समितितर्फ हृदयमान श्रेष्ठ र विक्रान्त कार्की निर्विरोध निर्वाचित भएका छन् ।

अन्य पदका लागि यही शनिबार निर्वाचन हुँदैछ । निर्वाचित हुने नयाँ कार्यसमितिकाे कार्यकाल तीन वर्षकाे रहनेछ ।

पछिल्लो अध्यावधिक: पुस ७, २०७९ १२:५५