काठमाडौं । नयाँ वर्ष २०८२ को अवसर पारी चौधरी ग्रुपले ‘लेभल अप ! विथ सीजी- लाइफ हुन्छ इजी’ नामक ग्राहक योजना सार्वजनिक गरेको छ ।
सीमित अवधिका लागि सुरु भएको यस योजनाअन्तर्गत ग्राहकले होम इन्टरटेन्मेन्ट र होम एप्लायन्सेस खरिदमा अधिकतम ६१ हजार ८०० रुपैयाँसम्म क्यासब्याक पाउन सक्ने कम्पनीले जनाएको छ ।
त्यसका साथै निश्चित उत्पादनको खरिदमा उपहारहरूको व्यवस्था गरिएको छ । यसअन्तर्गत सीजी मेरिडिया गुगल टिभी (६५ देखि १०० इन्च) को खरिदमा २.१ स्पिकर, सेमी-अटोमेटिक र टप-लोड वासिङ मसिनमा २ केजी एरियल पाउडर, फ्रन्ट-लोड वासिङ मेसिनमा ६ केजी एरियल पाउडर, साइड-बाई-साइड तथा मल्टि-डोर रेफ्रिजेरेटरमा मिक्सर ग्राइन्डर, डिशवाशरमा डिशवासर किट र एसी खरिदमा निःशुल्क इन्स्टलेसन सेवा उपलब्ध गराइनेछ ।
कम्पनीले यस योजना देशभरका आफ्ना सीजी डिजिटल आउटलेट र च्यानल पार्टनरहरूमार्फत कार्यान्वयन गरिरहेको छ ।