close

यी सेवा, जसलाई २०२२ मा गुगल र फेसबुकले गरे बिदाइ

टेकपाना टेकपाना

पुस ११, २०७९ १७:५

यी सेवा, जसलाई २०२२ मा गुगल र फेसबुकले गरे बिदाइ

काठमाडौं । सबै कुराको अस्तित्व सधैं रहँदैन । समय अनुसार कतिपय कुराको महत्त्व घट्दै जाँदा उनीहरू अस्तित्वबाट नै हराउँछन् । यस वर्ष विभिन्न उत्कृष्ट स्मार्टफोन, ल्यापटप, अपरेटिङ सिस्टम, स्मार्ट होम डिभाइस सार्वजनिक भएका थिए, जसले हामीलाई परिष्कृत सेवा दिन सहयोग गरेका छन् ।

तर, अर्कोतर्फ यो वर्ष केही पुराना प्रविधि सधैँका लागि  हराएको देख्न सकिन्छ । आज हामी २०२२ मा प्रविधि क्षेत्रबाट विस्थापित भएका गुगल तथा मेटाका विभिन्न अनलाइन सेवाको बारेमा जानकारी दिँदैछौँ ।  

गुगलले २०२२ मा बन्द गरेका सेवा

गुगल स्टाडिया

गुगलले २०२२ सेप्टेम्बरमा आफ्नो गेम स्ट्रिमिङ सेवा बन्द गरेको थियो । सन् २०१९ मा मात्र सार्वजनिक भएको स्टाडिया ग्राहक अभावले बन्द हुन पुगेको हो ।

गेम स्ट्रिमिङका राम्रै फिचरहरू उपलब्ध गराएको भए पनि मूल्य धेरै हुँदा प्रयोगकर्ता टाढिएका थिए । उक्त सेवा कम्पनीले बन्द गरिसकेको भए पनि उक्त सेवा लिने ग्राहकले आगामी महिनासम्म एक्सेस पाउने कम्पनीको भनाइ छ ।

गुगक ह्याङ्गआउट्स (क्लासिक)

गुगलले सन् २०१८ बाट नै गुगल ह्याङ्गआउट्स सेवा बन्द गर्न खोजिरहेको थियो । तर, विविध कारण कम्पनीले उक्त सेवा बन्द गर्न सकेको थिएन । अन्तः २०२२ मा गुगलले आफ्नो गुगल ह्याङ्गआउट्स सेवा नै बन्द गरेको छ । यदि तपाईँले ह्याङ्गआउट्स एप प्रयोग गर्नु भएको थिएन भने त्यसबारे धेरै थाहा नहुन सक्छ ।

यो एउटा त्यस्तो सेवा थियो, जहाँ जिमेलको सहायताले च्याट गर्न सकिन्थ्यो । यो सेवाको विकल्पमा इन्टरनेमा अन्य विविध साइट आइसकेका छन्, जसले गर्दा कम्पनीले उक्त सेवा बन्द गर्नुपर्‍यो ।

गुगलले बन्द गरेका अन्य सेवा

युट्युब गो एप

प्रयोगकर्ताको सक्रियता बढाउन गुगलले युट्युब गो एप सार्वजनिक गरेको थियो । यो एउटा त्यस्तो एप थियो जसमा कुनै पनि भिडिओ हेर्नुअघि उक्त भिडिओले कति डेटा खपत गर्छ भन्ने कुरा हेर्न सकिन्थ्यो ।

कम डेटामा पनि भिडिओ बफर हुन नदिन र बजेट तथा मिड रेन्जका फोनमा सपोर्ट गर्न गुगलले उक्त एप सार्वजनिक गरेको थियो । तर, त्यसको प्रयोग कम हुन थालेपछि कम्पनीले २०२२ मा उक्त एप बन्द गरेको हो ।

स्ट्रिट भ्यु एप

गुगल म्यामा स्ट्रिट भ्यु फिचर समावेश गरिसकेपछि गुगलले स्ट्रिट भ्यु एप २०२२ मा सधैँका लागि बन्द गरेको हो ।

-वेबमा आधारित गुगल डप्लेक्स

-विशेषगरी एआईका माध्यमबाट कुनै पनि काम गराउन वेबमा गुगल डप्लेक्स प्रयोग गरिन्थ्यो । उक्त सेवाको औचित्य घट्दै गएपछि गुगलले २०२२ मा सो सेवा बन्द गरेको हो ।

-गुगल असिस्टेन्ट ड्राइभिङ मोड

-गुगल म्याप्स एपमा उपलब्ध यो सेवा सवारी चलाइरहेको बेला प्रयोग गर्न सकिन्थ्यो । यो सेवा पनि गुगुलले यसै वर्ष बन्द गरेको हो । 

फेसबुकको मातृ कम्पनी मेटाले २०२२ मा बन्द गरेका सेवा

१. मेटा पोर्टल स्मार्ट डिस्प्ले

कम्पनी मेटाभर्सको भर्चुअल रियालिटीमा काम गर्दै गइरहेको अवस्थामा यसका भौतिक उत्पादन गराउँदै गइरहेका छन् । सन् २०१८ मा सार्वजनिक गरिएको मेटा स्मार्ट पोर्टल डिस्प्ले २०२२ मा बन्द भएको हो ।

२. फेसबुक इन्स्ट्यान्ट आर्टिकल

प्रयोगकर्ताले आफ्नो वेबसाइटमा आर्किकल राखि त्यसलाई फेसबुक पेजबाट शेयर गर्दा आम्दानी गर्न सकिने 'इन्स्ट्यान्ट आर्टिकल' फिचर पनि मेटाले यो वर्ष बन्द गरेको हो । सन् २०१५ मा सार्वजनिक भएको यो फिचर मार्फत फेसबुककै साइटमा आर्टिकल पढ्न सकिन्थ्यो । जहाँ फेसबुकले विज्ञापन उपलब्ध गराएको हुन्छ ।

क्रियटरले त्यस्तो आर्टिकलमा आएका भ्युजको आधारमा आम्दानी गर्न सक्छन् । तर, मेटाले २०२२ मा यो सेवा बन्द गरेको छ । अर्थात् अब इन्स्ट्यान्ट आर्टिकल फिचर प्रयोग गर्न सकिँदैन । हालसम्म यो सेवा उपलब्ध भएका साइटमा २०२३ पछि देखिन बन्द हुनेछ ।

३. फेसबुक बुलेटिन

फेसबुकमा भएको रिड ओन्ली मोडलाई पनि कम्पनीले २०२२ मा बन्दगरेको छ ।

४. फेसबुकको डेटिङ सर्भिस

फेसबुकले २०२२ को सुरुवातमा स्पार्क्ड नामक डेटिङ सर्भिस पनि बन्द गरेको थियो । यो सेवाका माध्यमबाट कुनै पनि स्थानमा डेटिङका लागि उपलब्ध मानिसहरूसँग च्याट, भिडिओ कल आदि गर्न सकिन्थ्यो ।

५. फेसबुक ट्युन्ड

६. फेसबुक डाइम

७. फेसबुक क्याम्पस

८. फेसबुक नाइबरहुड

९. फेसबुक लाइभ शपिङ

१०. फेसबुक गेमिङ एप

११. फेसबुक कनेक्टिभिटी

१२. स्टाण्डएलोन बुमर्याङ्ग

१३. आईजीटिभी एप

पछिल्लो अध्यावधिक: पुस ११, २०७९ १७:१४