close

आईटीबाट प्रहरीमा पहिलो महिला डीआईजी बनेकी कार्कीलाई एनसेलको सम्मान

टेकपाना टेकपाना

पुस १२, २०७९ ९:२१

आईटीबाट प्रहरीमा पहिलो महिला डीआईजी बनेकी कार्कीलाई एनसेलको सम्मान

काठमाडौं । यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२’ शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ । इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा कार्कीलाई वुमन आइकन आईसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।

नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पुर्‍याएका महिलालाई यो अवार्ड प्रदान गर्ने गरिन्छ । वुमन आइकन विजेतालाई एनसेलले तीन लाख रूपैयाँ नगद प्रदान गरेको थियो भने उनले नेपाल टेलिकमको तर्फबाट एक वर्ष इन्टरनेट र ह्वावेको तर्फबाट क्लाउड सेवा प्राप्त गरेकी छिन् । 

नेपाल प्रहरीमा कम्प्युटर शाखा स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेकी शिला कंसाकार कार्की नेपाल प्रहरीकी पूर्व डीआईजी समेत हुन् । सिस्टम एनालिष्टको रूपमा प्रहरी निरीक्षकबाट सरकारी सेवा आरम्भ गरेकी कार्की आईसिटी क्षेत्रबाट डीआईजीसम्म पुग्ने पहिलो महिला हुन् ।

२८ वर्ष प्रहरी सेवामा बिताएकी कार्की सूचना प्रविधिमा महिलाहरूलाई आकर्षित गर्न र उत्प्रेरित गर्ने काम गर्छिन् ।

पछिल्लो अध्यावधिक: पुस १२, २०७९ ९:२१