close

विन्डोज सेभेनको अपडेट बन्द हुँदा जर्मन सरकारले माइक्रोसफ्टलाई १० करोड तिर्नुपर्ने

टेकपाना टेकपाना

माघ १३, २०७६ १६:२०

विन्डोज सेभेनको अपडेट बन्द हुँदा जर्मन सरकारले माइक्रोसफ्टलाई १० करोड तिर्नुपर्ने

काठमाडौं । माइक्रोसफ्टले यहि जनवरी १४ बाट विन्डोज सेभेनको अपडेट बन्द गरेको छ । कम्पनीले विन्डोज सेभेनको अपडेट बन्द गर्दा त्यसको असर अनेक रुपले विभिन्न संस्था तथा देशमा परिरहेको छ ।

जसको पहिलो उदाहरण जर्मन सरकार बनेको छ । विन्डोज सेभेनको अपडेट बन्द हुँदा जर्मन सरकाले माइक्रोसफ्टलाई यो वर्षमात्रै १० करोड रुपैयाँ भन्दा बढी रकम तिर्नुपर्ने भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार जर्मनमा अझै ३३ हजार सरकारी कार्यालयमा विन्डोज सेभेन प्रयोग भइरहेको छ ।

त्यसको अपडेटको लागि सरकारले माइक्रोसफ्टलाई १० करोड भन्दा बढी रकम बुझाउनु पर्ने भएको हो ।माइक्रोसफ्टले यसअघि विन्डोज सेभेनमा पेड प्रोग्राम ल्याएको थियो । जसमा सरकार र विभिन्न कम्पनीहरुलाई पैसा तिरेको खण्डमा विन्डोज सेभेनको सेक्युरीटी र बग फिक्स गर्ने सुविधा रहेको छ ।

यो सेवा पनि सन् २०२३ सम्मको लागि मात्रै हो । सन् २०२३ बाट भने कम्पनीले विन्डोज सेभेनमा कुनै किसिमको अपडेट उपलब्ध गराउने छैन । जर्मन सरकाले हाल सञ्चालनमा रहेका आफ्ना ३३ हजार सरकारी कार्यस्थलमा विन्डोज सेभेनको सेक्युरिटी र बग फिक्सको सुविधाको लागि यो रकम बुझाउनु पर्ने भएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१