close

एप्पलले सुरुगर्यो सस्तो मोबाइलको परिक्षण उत्पादन

टेकपाना टेकपाना

माघ १९, २०७६ १२:०

एप्पलले सुरुगर्यो सस्तो मोबाइलको परिक्षण उत्पादन

काठमाडौं । एप्पललेसस्तो स्मार्टफोन आईफोन नाइन को परिक्षण उत्पादन सुरु गरेको छ । फेब्रुअरी तेस्रो साता विश्व बजारमा उक्त स्मार्टफोन सार्वजनिक गर्ने तयारिमा रहेको कम्पनीले त्यसको परिक्षण उत्पादन सुरु गरेको हो ।

बजारमा जानुभन्दा अघि त्यस कुनै समस्या नदेखियोस भन्दै कम्पनीले परिक्षण उत्पादन सुरु गरेको जनाएको छ । यस अघि कम्पनीले उक्त रेन्जमा आईफोन एसई ल्याएको भएतापनि हाल त्यसको उत्पादन बन्द भइसकेको छ ।

अब भने, कम्पनीले सस्तो रहेको आफ्नो अनुपस्थितिलाई मेट्न नयाँ स्मार्टफोन आईफोन नाइन ल्याउने भएको हो । बजारमा हुवावे, सामसङ जस्ता कम्पनी ठुलो र महंगो स्मार्टफोनमा ध्यान केन्द्रीत गरिरहेको समयमा एप्पलले भने सस्तो स्मार्टफोन ल्याउने तयारी गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०