close

गुगल पछि एप्पलले बन्द गर्यो चीनमा रहेका आफ्ना सम्पूर्ण कार्यालय

टेकपाना टेकपाना

माघ १९, २०७६ १०:४५

गुगल पछि एप्पलले बन्द गर्यो चीनमा रहेका आफ्ना सम्पूर्ण कार्यालय

काठमाडौं । एप्पलले चीनमा रहेका आफ्ना सम्पूर्ण कार्यालय केही समयका लागि बन्द गर्ने भएको छ । पछिल्लो केहि समय यता चीनमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण एप्पलले कम्पनी बन्द गर्ने निर्णय गरेको हो ।

पछिल्लो केही समयदेखी चीनका सबै प्रान्तमा कोरोना भाइरसको संक्रमण फैलिरहेको छ । त्यसबाट चीनमा कार्यरत कर्मचारीमा कुनै किसिमको असर पर्न नदिन एप्लले फेब्रुअरी ९ तारिक सम्मको लागि चीनमा रहेको कार्यलय बन्द गर्ने भएको हो ।

यसअघी गुगलले पनि त्यस्तै निर्णय लिइसकेको छ । गुगगले पनि केही समयका लागि कार्यालयन बन्द गर्ने निर्णय गरिसकेको थियो ।

एप्पल गुगलसँगै विश्वका अन्य चर्चित प्रविधि तथा व्यापारिक कम्पनी माइक्रोसफ्ट र अमेजनले पनि चीनमा रहेका आफ्ना कार्यालय तत्कालका लागि बन्द गर्ने बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०