एजेन्सी । आउँदो बिहिबार सोओमीको बुहप्रतिक्षि स्मार्टफोन ‘एमआई टेन’ सार्वजनिक हुने भएको छ । क्वालकम स्न्यापड्रागन ८६५ चिपसेट प्रयोग गर्ने पहिलो फोनको रुपमा दावी गरिदै आएको उक्त फोन कम्पनीले पहिलो पटक आफ्नै देशमा सार्वजनिक गर्ने भएको हो ।
कम्पनीले बिहिबार चीनमा यो फोन सार्वजनिक गर्दैछ । चीनमा बिहिबार सार्वजनिक गर्ने भएतापनि विश्वव्यापी रुपमा भने फागुन ११ गते गर्ने कम्पनीले जनाएको छ । स्पेनको बार्सिलोनमा आयोजना हुने मोबाइल वर्ल्ड कंग्रेसमा उक्त फोन सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
तर, यो फोन अनलाइनमा मात्रै उपलब्ध हुने छ । चीनमा फैलिएको कोरोना भाइरसका कारण कम्पनीले मोबाइल अनलाईनमा मात्रै उपलब्ध गराउने भएको हो । उक्त दिन कम्पनीले दुई वटा फोन सार्वजनिक गर्ने उल्लेख गरिएको छ । जसमा एमाआई टेन र एमआई टेन प्रो रहेका छन् ।
दुबै फोनमा क्वालकम स्न्यापड्रागन ८६५ चिपसेट प्रयोग हुने उल्लेख छ । कम्पनीले क्वालकम स्न्यापड्रागन ८६५ चिपसेट प्रयोग गर्ने पहिलो फोन भन्दै आएको भएतापनि अर्को चिनियाँ कम्पनी जेडटीईले त्यसमा बाजी मारिसकेको छ । जेडटीईले आफ्नो नयाँ स्मार्टफोन ‘एक्सोन टेनएस प्रो’ मा स्न्यापड्रागन ८६५ चिस प्रयोग गरेर सार्वजनिक गरिसकेको छ ।